
उमेर भर्खर १९ बर्ष । तर उनले गरेको कामले सबै चकित । प्रहरीले पनि देख्ने बित्तिकै पक्राउ गर्नु पर्यो । कारण थाहा पाएपछि तपाई पनि अचम्ममा पर्नु हुनेछ । यी युवतीले सहजै पैसा कमाउने भएर आफ्नो भविश्य नै दाउमा लगाइन् ।
यो घटना उदयपुरको हो । त्यहाँ बेलका नगरपालिका ८ कोठु स्थितबाट १ केजी गाँ जा सहित यी युवतीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छन् ।
आइतबार अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लु का ई ल्याएको गाँ जा १ केजी भेटाएको हो । मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुर लगी थप अनुसन्धान भईरहेको छ ।
पछिल्लो समय त स्क र हरुले भर्खरका युवा युवतीलाई यस्तो कार्यमा प्रयोग गर्ने गरेको पाइएको छ । छिट्टै पैसा कमाइने लोभमा अन्जानमै युवा युवतीहरु यतातिर लाग्ने गर्दछन् । कतिपय अवस्थामा त उनीहरुलाई त्यो सामान के हो र यसको असली मालिक को हो भनेर पनि थाहा हुँदैन ।