मंगलबार २३ जेठ २०८०

काठमाडौं, १४ असार । कोरोना माहामारीको बेला “हाम्रो टिम नेपाल” ले भोकालाई निशुल्क खाना खुवाउदै आएको अनामनगरस्थित रहेको टहरा भत्काएको छ । सोमबार काठमाडौंं महानगरपालिकाले ‘हाम्रो टिम नेपाल’ले प्रयोग गर्दै आएको अनामनगरस्थित सरकारी जग्गामा बनेको टहरा भत्काउने क्रममा सपना मगर, विमल पन्तलगायतका अभियन्ताहरु पक्राउ समेत परेका थिए। तर सोमबार साँझ उनीहरुलाई छोडिएको छ । सरकारी जग्गा विगत एक वर्षदेखि जबरज.स्ती भोगचलन गर्दै आएको र पटक–पटक ताकेता गर्दा पनि खाली नगरेको भन्दै महानगरले जग्गा खाली गराएको प्रहरीले जानकारी दिए ।

‘हाम्रो टिम नेपाल’का अभियान्ताहरुले निषेधाज्ञा भर मात्र उक्त ठाउ प्रयोग गर्न दिनु भन्ने माग गर्दै आएका थिए । तर महानगरले जब.र्जस्ति गरेको भन्दै अभिनेता पल शाहले पनि यसको बिरोध गरेका छन । अभिनेता शाहले पक्राउ परेका अभियान्ताहरुलाई तुरुन्त रिहाइ गर्न समेत माग गरेका छन । उनि लेख्छन – ‘कोरोना माहामारीको बेला निशुल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भुकम्प,बाढी,पहिरो जादा रातदिन नभनि देश भर सेवा गर्दै आएको टिम “हाम्रो टिम नेपाल” माथी आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुलाई चाडो भन्दा चाडो रिहाई गरियोस !!!’

उक्त टिमसंग आबद्द रहेकी समाजसेवी इशा गुरुङले पनि घटनाको निन्दा गरेकी छन । उनि लेख्छिन – ‘यसरी के समाजसेवा गर्नु ? देशमा आपातबिपत होस ,भूकम्प आउदा होस , बाडि पहिरो आउदा होस , आगो लागी हुदा होस् , भीषण पानी पर्दा होस , नागरिकहरूको भोंको पेट भर्न होस , बिरामीहरूको औषधी अपचारमा होस , सरकारी अस्पतालहरूमा अक्सिजन बितरण होस् , घरघरमा फ़ुड डेलिभरी होस , बिकट गाउहरूमा हेलि या अभियान्ता मार्फ़त होस ,बिगत २ बर्ष देखि यो Hamro Team Nepal निरन्तर खटिरहेको छ , अब महानगरपालिकालाइ पार्क बनाउन दिनुस चाहे महल बनाउन दिनुस , पार्क र महल बनेर देश र जनताको भलो हुन्छ भने’

रिहाई पछी सपना रोका मगरसहित टिमका अभियान्ताहरु मिडियामा आएका छन । मिडियामा कुरा गर्दै सपनाले प्रहरीले आफु प्रति गरेको व्यवहार प्रति दुख ब्यक्त गरेकी छन । प्रहरीले आफ्नो संबेदनशिल स्थान छातीमा समेत हात लगाएको उनको आरोप छ । भिडियो यहाँबाट हेर्नुहोस ।


Last Updated on: June 29th, 2021 at 12:50 am
५२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया