मंगलबार २३ जेठ २०८०

पाली साँगीतीक क्षेत्रमा निकै जमेकी चर्चित गायिका हुन् इन्दीरा जोशी । गायनमा चर्चामा आइरहने इन्दीरा जोशीको स्वर निकै सुमधुर र निखारीएको छ ।

विजय भुषालद्वारा लिखित गीत रातो घाँघराबाट उनले प्रसिद्धि पाएकी हुन्।

जति उनको स्वरको चर्चा हुन्छ त्यती नै उनको सौन्दर्यको पनि चर्चा हुने गर्छ ।नेपाल आइडलको जज बनेदेखी पछिल्लो समय उनका फ्यानहरु निकै बढेका छन् । जब उनी स्टेजमा चढेर आफ्नो गीतमा घुल्न थाल्छिन् तब दर्शकको ध्यान उनी तर्फ हुन्छ ।

उनी गीत गएर मात्र होइन दर्शकलाइ गीतसँगै नाचेर पनि मनोरन्जन दिने गर्छिन् ।उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली लगायत थुप्रै गीत गाएकी छिन् । अहिले सम्म अबिबाहित रहेकी इन्दीरा जहाँ जान्छीन् त्यहा उनका फ्यानहरुले घेरिहाल्छन् ।

उनका अहिले सम्मका धेरै गीतहरु हिट भएकाले नै होला उनका फ्यानहरु दिन प्रतिदिन बढिरहेका छन् ।जती उनको स्वर सुमधुर र निखारिएको छ त्यती नै उनी सुन्दर छिन् ।

इन्दिरा जोशीले डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी हुन् । उनलाई उनको संगीत व्यवसायमा स्थापित गर्नमा नेपाली तारा कार्यक्रमको भूमिका रहेको छ।

उनी नेपाली तारा कार्यक्रममा पाचौँ स्थानसम्म पुगेकी थिइन्। सन् २०१७ को नेपाल आइडलकी निर्णायकको रूपमा पनि उनी परिचित छिन्।

इन्दिरा जोशी को जन्म बि. सं. २०४३ (जूलाई १८, १९८६) मा उनका बुवा-आमाको सात ओटा सन्तानहरू मध्ये उनी पाचौँ सन्तानको रूपमा नवलपरासीमा भएको थियो। उनका बुवाको नाम जनहवि प्रसाद जोशी र आमाको नाम श्रीमती अलाकन्द जोशी हो।

May be an image of 1 person

नेपाली साकिरा भनेर पनि चिनिने उनले बेलाबेलामा आफ्ना सुन्दर तस्बिरहरु सामाजिक सन्जालमा शेयर गरिरहने गर्छिन ।

हेर्नुहोस् उनका केहि तस्बिरहरु

May be an image of 1 person, sitting and indoor

 

प्रतिक्रिया दिनुहोस


Last Updated on: June 29th, 2021 at 1:02 am
१७३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया