शनिबार २३ मंसिर २०८०

सबैको जिन्दगि कहाँ एकै हुने रहेछ र कोहीको जीवनमा सधै खुसि कसैको जीवन आँसुले भिजेको सिरानी जस्तै।आज त्यस्तै जिन्दगि काट्दै आएकी गायिका बन्ने सपना बोकेकी दिल माया बिश्वकर्माको जीवन कथा यो बेला प्रस्तुत गरेका छौ।उनि सुर्खेतमा जन्मिएकी रहिछन।

सानै उमेरमा बिहे गरेकी दिल माया यो बेला श्रीमानसंग छुट्टिएर बसेकी छिन भने भएको एक सन्तान पनि साथमा राख्न पाएकी छैनन यति मात्रै कहाँ होर माइतीबाट पनि उनि निकालिएकी हुन्।आफ्नै आमा बाबाले घरमा बस्न न दिएपछि उनि देश छाडेर विदेश लागेकी थिइन तर बिदेशमा पनि उनि राम्रो संग काम गर्न सकिनन्।

छोरा र परिवारको मायाले उनि नेपाल फर्कीन तर नेपालमा उनको बस्ने अबस्था रहेन अनि उनि श्रीमान संग डि*भोर्स गरेर फेरी विदेश लागेकी हुन् अहिले उनि नेपालमै बस्छिन। सबैलाइ रुवाउदै दिल मायाले भनिन ‘श्रीमानले मलाइ हरेक दिन पि*ट्ने गर्थ्यो यति मात्रै कहाँ होर आफ्नै बाबा आमालाई समेत पिट्ने गर्थ्यो,हरेक दिन रक्सीले मातिएर मलाइ आजै छोड भोलि छोड भने पछि बस्न सकिन अनि अन्तिममा आफुलाई सम्हालेर उनि संग छुट्टिएर बसेको हु’।

अहिले दिल माया दोहोरी साँझमा काम गर्छिन।जम्म १० हजार महिनामा कमाउने दिलमायालाई भाडा तिर्न पनि धाउ धाउ छ,आवाज जति मिठो भए पनि कसैले दिल मायालाई अवसर दिएन त्यसैले होला उनले हरेस खाइसकेकी रहिछिन।हामी पुगेपछि दिल मायाको आवाज सुन्दा निकै मन पर्यो सोहि कारण पनि दिल मायासँग कुराकनी गरेका छौ।दिल मायालाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क :9851224970 मा कमल सरगमलाई सम्पर्क गर्नुहोस:


Last Updated on: April 22nd, 2021 at 12:27 am
५६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया