
भोजपुर / आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। को’भिड–१९ महा’मारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन् । असार मसान्तअघि योजनाका कामहरू सि’ध्याउन भ्या’इनभ्याइ छ।
बजेट फ्रि’ज हुने ड’रले रा’तारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने हो’डबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रो’किएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक वि’पद् उन्मुख गराएको छ। नागरिकलाई सुविधाको नाममा सा’स्ती मिलेको छ।
०७६/७७ को असार मसान्तभित्रै स्तरोन्नति सक्नुपर्ने सतीघाट दिङ्ला सडक खण्डको ठेक्का सम्झौ’तामा ढि’लाइ भएपछि काम अ’पुरो बन्यो। १ करोड ८ लाख लागतमा काम सक्ने ठेक्का पाएको काश्यप निर्माण सेवा कम्पनीले असार दोस्रो साताबाट मात्र पर्खाल लगाउने काम थाल्दा काम आ’धाअधुरोमा रो’कियो। विगतमा झैं असार लाग्दा भोजपुर सदरमुकाम र दिङ्ला जोड्ने ३८ किलोमिटर सडकखण्ड फेरि बि’ग्रिएको छ।
ठे’केदार र ठे’केदार कम्पनीले गुणस्तरीय स्तरोन्नति काम नगर्दा सर्वसाधारण सा’स्तीमा छन्। किमालुङ, बैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्ला बजारसम्म जोडिने उक्त सडकखण्ड वर्षात लागेसँगै हिलाम्मे हुनाले सवारीसाधन ठ’प्प हुन्छ।
असारे झरीमा दिङ्ला कुलुङ सडकखण्डमा केही वर्षअघि लगाएको ग्याबिन भत्का’एर ठेकेदार कम्पनीले मेसिनरी वाल लगाउने काम अल’पत्र पारेपछि पहिरोका कारण अहिले उक्त सडकखण्ड अव’रुद्ध छ। ठेकेदारलाई पर्खाल लगाउने काम गर्न पटक–पटक ता’केता गरे पनि अ’टेर गर्दा पहि’रोको जो’खिम बढेको वडा नं ६ का वडाध्यक्ष सुजन राईले बताए।
सडकलाई विकासको प्राथमिकतामा राखेर बर्सेनि सडकमा करोडौं बजेट छुट्टिन्छ। तीनै तहका सरकारको पहिलो पारदर्शी विकास नै सडकलाई लिने प्रवृत्ति छ। बर्सेनि बजेटको आकार बढाइन्छ। स्थानीय वडा तहसम्म भौतिक पूर्वाधार निर्माण भन्दै सडक खोल्ने, खन्ने र स्तरोन्नति गर्न लाखौंको बजेट लगाइन्छ । भेलसरी बग्ने बजेटले विकास समेट्नुभन्दा प्राकृतिक संरचना बि’गार्ने काम गरिरहेको सरोकारवालाहरू सुनाउँछन्।
हिउँदभर काममा ढि’लासुस्ती र विभिन्न बहा’नाबाजी गर्दै काम नगर्ने प्रवृत्तिले वि’कृति फैलाएको छ। असार मसान्तको च’टारो, भुक्तानी सक्ने हता’रो र बजेट फ्रि’ज हुने ड’रको विकासले नागरिकलाई सुविधाभन्दा द्विविधा दिएको स्थानीय हर्कराज राई बताउँछन्।
बर्खे झरिमा त्रिपाल ओडेर असारे विकासलाई निरन्तरता दिने प्रवृत्तिले जनताले स’मस्या भो’ग्नुपरेको छ। नयाँ आर्थिक वर्ष सुरु हुनभन्दा महिना अघिदेखि ह’तारहतार गरेर कामदार र कमसल सामान ढुवानीको जोहो गरी भुक्तानी निकासा लिने प्रवृत्तिले गुणस्त’रहीन र क’मसल काम हुन्छ।
असार मसान्तको समयावधिमा योजनाको चटा’रोले स्थानीय तहहरूको पनि अनु’गमन फि’तलो हुने क्रमले बर्सेनि बजेटको दुरु’पयोग बढेको स्थानीय शम्भु वालाहाङ राईको बुझाइ छ।
बजेटको दुरु’पयोग बढेको बताउँदै युवा अगुवा संग्राम किराँत भन्छन्, ‘असारे विकास दिगोविकास पनि होइन। सुविधाजनक प्रत्याभूति पनि हैन। यो त ठेकेदार र कमिसनमा ल’ठिभद्र कर्मचारीको गोजी भर्ने विकास मात्र हो।’
सडकमा बर्सेनि दोहोरो बजेट :
सडक स्तरोन्नतिका नाममा बर्सेनि बजेट दोहोरिने क्रम धेरै छ। असंख्य साना कच्चीसडक योजनामा डुप्लि’केसनको पनि कमी छैन। एउटै सडकमा बर्सेनि दोहोरिने बजेटले स्थायित्वको नाममा दुरुप’योग मात्र बढाएको छ।
सदरमुकाम जोड्ने मानेभञ्ज्याङ रानीबास सडकका लागि ०७५/७६ मा ७५ लाख बजेट पास भयो। तर, असार मसान्तसम्म कामले गति लिन सकेन। आधाजसो बजेट फ्रि’ज भयो। ०७६/७७ मा पनि प्रदेश सरकारले स्तरोन्नति गर्न भन्दै सोही सडकलाई ५० लाख छु’ट्ट्यायो।
त्यस्तै ५० लाख लागतको सेतीबगर–रिमचिम हुँदै खोटाङको फेदी जोड्ने सडकखण्डको ७५ प्रतिशत बजेटको मात्रै काम भयो। सोही सडकलाई स्तरोन्नति गर्ने भन्दै ०७७/७८ मा पनि ५० लाख छुट्टियो। तर, चालू आर्थिक वर्षको असार पहिलो सातामात्रै काम सुरु गरिएको उक्त सडकखण्ड हि’लाम्मे र अल’पत्र बनेको छ।
यस्तै चालू आर्थिक वर्षमा मैनामैनी हसनपुर चुहार घोरेटार भोजपुर दिङ्ला सडकखण्डका लागि प्रदेश सरकारले १९ करोड २३ लाख बजेट छुट्ट्या’एको छ। संघीय बजेटको सश’र्त अनुदानबाट भोजपुर मानेभञ्ज्याङ रानीबास घोरेटार सडकलाई ४ करोड १ लाख र खैराङ पात्लेपानी हसनपुर सडकमा १ करोड ५९ लाख बजेट परेको छ।
प्रदेशले ०७६/७७ मा प्रादेशिक विशेष सडक निर्माणमा २ करोड ८० लाख छुट्ट्याएको छ। जसका लागि प्रदेशले ०७५/७६ मा पनि सोहि सडक निर्माणको डीपीआर तयार गर्ने शीर्षकमा ५० लाख बजेट छुट्ट्या’एको थियो।
असारे विकासको गुणस्त’रहीन सडकको कामले सर्वसाधरण बढी मा’रमा छन्। असार लागेसँगै हता’रोमा भुक्तानी र बजेट फ्रि’ज हुने ड’रले जथाभावी सडक खोल्ने, एकचोटी खोलेपछि बेवास्ता गर्ने प्रवृत्तिले पनि सडकमा गुणस्तर नभएको स्थानीय समाजसेवी नवीन प्रधानको ठम्याइ छ।
उनी भन्छन्, ‘सडकको नाममा बजेट छुट्ट्या’इन्छ तर बजेट अनुसारको इस्टिमेट, प्राविधिक चे’कजाँच बिनै जथा’भावी सडक खोलिनाले पनि सडक राम्रो नभएको हो। पैसा सिध्या’उनै मात्र सडक खनिएको छ।’ – प्रदिपचन्द्र राईले ले’ख्नुभएको यो समा’चारलाई हा’मीले अन्न’पूर्ण पो’स्टबाट सा’भार गरेका हौँ । तस्विर – फा’इल ।