बुधबार २० मंसिर २०८०

काठमाडौं । म्याग्नेसियम सबै जीव जन्तुहरूलगायत मनुष्यको लागि पनि उपयोगी तत्त्व हो। यो मानव शरीरमा पाइने पांच प्रमुख रसायनिक तत्वहरू मध्येको एक हो। मानव शरीरमा यसको ५० प्रतिशत उपस्थिति अस्थिहरू र हड्डिहरूमा हुन्छ। जब कि बांकी ५० प्रतिशत भाग शरीरमा हुने जैविक कियाहरूमा सहभागी रहन्छ।

सबै भिटामिन र खनिजहरू शरीरको लागि आवश्यक हुने गर्दछ। कुनै एकको कमी भएमा रोगको कारण बन्ने गर्दछ। प्रायः खराब जीवनशैली र खानपानका कारण पौष्टिक तत्वको कमी हुन्छ र सबै प्रकारका रोगहरूले हामीलाई घेर्छ। आजकल उच्च रक्तचाप र मधुमेहले धेरै मानिसहरू पिडित भइरहेको छन्। कहिलेकाहीँ शरीरमा म्याग्नेसियम खनिजको कमीको कारण पनि उच्च रक्तचाप र मधुमेह रोग लाग्ने गर्दछ ।

म्याग्नेसियम शरीरको लागि आवश्यक खनिज मध्ये एक हो। जसको कमीलाई हाइपोमाग्नेसिया भनिन्छ। यसको कमीले रक्तचाप र मधुमेह पनि निम्त्याउँछ। गलत खानपान, अव्यवस्थित जीवनशैली, अधिक मात्रामा मदिरा सेवन, मधुमेहको समस्या, तारन्तार वान्ता तथा निरन्तर झाडापखालाका कारण पनि शरीरमा म्याग्नेसियमको कमि हुन्छ ।

म्याग्नेसियम किन महत्त्वपूर्ण छः प्रोटीन र भिटामिन जस्तै, खनिज पनि शरीरका लागि आवश्यक हुन्छ। यसमा म्याग्नेसियम पनि एक हो । म्याग्नेसियमको सहयोगले प्रतिरक्षा प्रणाली बलियो रहन्छ। यसका साथै हड्डी र स्नायु बलियो हुन्छ । साथै, रगत र रक्तचापमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न म्याग्नेसियम पनि आवश्यक हुन्छ। यसले मुटुको धड्कनलाई स्थिर राख्छ।

म्याग्नेसियमको कमी कसरी पहिचान गर्ने:
–रक्तचाप अक्सर उच्च हुन्छ।
–मुटुको धड्कन अचानक बढ्नु र घट्नु ।
–थकान, शरीरमा कमजोरी।
–श्वासप्रश्वासको समस्या, दम।
–दैनिक काममा समेत तनाव र डिप्रेसनको सिकार हुनु ।
–हड्डी कमजोर रहन्छ र बारम्बार भाँच्ने डर हुन्छ।

यी कुराहरुमा पाइन्छ म्याग्नेसियमः यदि तपाइँ यी सबै समस्याहरूसँग लडिरहनु भएको छ भने तपाइँको आफ्नो आहारमा म्याग्नेसियम युक्त खानेकुराहरु समावेश गर्नुहोस्।

हरियो पत्तेदार तरकारीः म्याग्नेसियमको प्रचुर स्रोतका लागि हरियो साग धेरै लाभदायक हुन्छ। तपाईंले पालक, मेथी, रायो, शलगम वा सलादको पात खान सक्नुहुन्छ।

ड्राई फ्रुट्स र नट्सः चिया बीज, फर्सीको बीउ, आलस, सुकेको खजूर, किसमिस र अन्जीरमा म्याग्नेसियम प्रशस्त हुन्छ। यसका साथै बदाम र काजू पनि म्याग्नेसियमका स्रोत हुन् ।

कुन फलफूल खान: यदि शरीरमा म्याग्नेसियमको कमी छ भने केरा र एभोकाडो खाएमा त्यो तपाईको स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ ।

कुन दाल फाइदाजनक छ: म्याग्नेसियमका स्रोतहरू राजमा सिमीको बीन्स, मटर र सेतो चना खानुपर्दछ। तिनीहरूलाई खाना वा खाजामा समेत समावेश गर्न सक्नुहुनेछ । यसले तपाईको म्याग्नेसियमको कमीलाई पुरा गर्दछ ।

प्रतिक्रिया

महेन्द्रनगर (दोधारा चाँदनी) –

कञ्चनपुरको महाकाली नदी बगरमा किसन सोनाहको परिवार वालुवा छान्न र गिट्टी कुट्नमा व्यस्त छ । छेउमा साढे दुई वर्षको नाति रोइरहेको छ तर यो परिवार भने बच्चाको रुवाईलाई खासै वास्ता नगरी काम सकाउन तल्लिन छ ।

भीमदत्त नगरपालिका-१२ ऐरीका ४५ वर्षीय किसन सोनाहको परिवारले प्रत्येक वर्ष नौ महिना यसैगरी बगरमा बिताउँछ । परिवारको खर्च जुटाउनका लागि आफूहरुसँग यसको विकल्प नभएको किसन सोनाहको भनाइ छ । भीमदत्त नगरपालिका वडा नं १२ र १३ मा लामो समयदेखि बसोबास रहेका अल्पसङ्ख्यक सोहान जातिको आयस्रोतको मुख्य आधार नै महाकालीको बगर बनेको छ ।

“बर्दियातिर हाम्रो समूदायका मानिसले सुन छान्ने काम गर्छन्”, उहाँले भन्नुभयो, “तर यहाँ सुन भेटिदैन र बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन ।” आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्नमा व्यस्त यो परिवारका लागि साढे दुई दशकदेखि महाकालीको बगर आम्दानीको स्रोत बनेको छ । यो परिवारले यसरी हरेक दिन खटिँदा मासिक रु २५ हजारसम्म कमाउने लक्ष्मी सोनाहले बताउनुभयो ।

“चामल किन्नेदेखि बिरामी हुँदा ओखती किन्नका लागि समेत यो परिवारले यही बगरमा दैनिक कडा परिश्रम गर्दै आएको छ”, लक्ष्मी सोनाहले रासससँग भन्नुभयो, “दिनभरको कमाइ नगरे साँझ विहान घरमा चुल्हो बल्दैन ।” चुनावको समयमा भोट माग्न आउने राजनीतिक दलका नेताहरुले समूदायको हितमा काम गर्ने भन्दै कैयन आश्वासन दिए पनि चुनाव जितेपछि भने बिर्सिने गरेको उहाँको गुनासो छ ।

त्यसैगरी पाँच वर्ष भारतको महाराष्ट्र र गुजरातमा मजदुरी गरेर स्वदेश फर्किनुभएका अशोक सोनाह पनि बगरमै मजदुरी गर्न व्यस्त हुनुहुन्छ । प्रत्येक वर्ष असोजदेखि जेठसम्म यो समूदायका अधिकांश सदस्यले बगरमै पसिना बगाउने उहाँको भनाइ छ ।

“हाम्रो तीन पुस्ता अहिले यही बगरमा व्यस्त छ”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो जस्तो समूदायका व्यक्तिलाई सीप सिकाएर रोजगारी दिएको भए राम्रो हुन्थ्यो ।” अशोकले हजुरबुवादेखि आफूसम्म यही बगरमा काम गरिरहेको बताउनुभयो ।

अहिले महाकालीमा प्रतिट्रली बालुवा रु एक हजार र गिट्टी रु एक हजार आठ सयमा बिक्री हुन्छ । “पूरै परिवारले चार दिनमा एक ट्रली गिट्टी छान्न सक्छौँ”, उहाँले भन्नुभयो, “पहिले भुजेलातिर सङ्कलन गथ्र्यौ अहिले झोलुङ्गे पुल क्षेत्रतर्फ सरेका छौँ ।”

ओदालीका ५५ वर्षे चन्द्रकला सोनाह पनि बुहारी सुनितासँगै बगरमा गिट्टी कुट्न व्यस्त हुनुहुन्छ । “हाम्रो परिवारको दैनिकी त यही बगरका ढुङ्गासँग लड्नु हो”, सुनिताले भन्नुभयो, “बगरमा दिनभर काम गर्न पाइयो भने घरमा चुल्हो बल्छ ।”

दुई नातिलाई स्कूल पठाएर आफूहरु बगरमा आएको चन्द्रकला सोनाहले बताउनुभयो । “छोरो काम गर्न कतार गएको छ”, उहाँले भन्नुभयो, “खेतिपाती गर्न खेत नभएपछि बुहारी र म बगरमै काम गर्न आउँछौँ ।” उहाँले नौ महिना बगरमा पसिना बगाएपछि बाँकी समय गाउँघरमा मजदुरी गर्दै आएको बताउनुभयो ।

“केही वर्ष गाउँघरमा घर बनाउनेदेखि अरु काममा ज्याला मजदुरीसमेत गरेँ”, सुनिताले भन्नुभयो, “गाउँमा काम गरेको पैसासमेत समयमा नपाउने भएपछि फेरि बगरमै आए ।”

उहाँले केही समयअघि बाख्रापालन, कुखुरापालन तालिम सञ्चालनका लागि समूदायले पहल गरे पनि सरोकारवाला निकायबाट कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । “गाउँमा सिलाइकटाइको सीप सिकेर काम गरौँ भन्दा पनि पाइन, त्यसैले बगरमै काम गर्नु परेको छ”, उहाँले भन्नुभयो ।

बगरमा हाल सोनाह समूदायको करिब ४० परिवार बालुवा छान्ने र गिट्टी कुट्ने काम गरिरहेको छ । महाकाली नदीको भुजेला क्षेत्रदेखि दोधारा चाँदनी झोलुङ्गे पुलसम्म तीन सयभन्दाबढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेको छ ।

यहाँका अधिकांश सोनाह जातिसँग खेतीयोग्य जमिन छैन भने यो समूदायका धेरै परिवार ऐलानी र नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन् ।

सोनाह जाति पुस्ताँैदेखि यहाँ मजदुरी गरिरहेको भए पनि करिब एक÷डेढ दशकयता दलित, विपन्न र चौधरी समूदाय पनि बगरमै टहरा बनाएर मजदुरीमा गर्छन् । बगरमा आश्रय लिएर बालुवा, गिट्टी छानिरहेका कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताको जुगमनि चौधरीको दम्पती पनि यहीँ काम गरिरहेको छ ।

“बगरमा सङ्कलन खुलेकाबेला काम गर्न आउन थालेको आठ वर्ष भयो”, चौधरीले भन्नुभयो, “वृद्धावस्था हुँदा भारत गएर काम गर्न सकेनौँ र यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ ।”

यहाँको बेलौरी, बेल्डाँडी क्षेत्रका व्यक्तिहरु पनि बगरमै टहरा बनाएर काम गरिरहेका छन् । महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समूदायका अधिकांश परिवार अहिले बगरमै सङ्घर्ष गरिरहेका छन् ।

यहाँ हरेक वर्ष भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का दिँदै आएको छ । उक्त रोयल्टीवापतको रकम भीमदत्त र दोधाराचाँदनी नगरपालिकाले बाँडफाँट गर्दै आएका छन् ।

भीमदत्त नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बोहराले लामो समयदेखि स्थानीय र जिल्ला बाहिरबाट समेत बगरमा बालुवा, गिट्टी जानेर जीविकोपार्जन गर्ने नागरिक धेरै रहेको बताउनुभयो । “कैलालीको टीकापुरदेखि बेलौरी, बेल्डाँडीबाट गिट्टी छान्न आउनेहरु रातभर बगरमै सुत्छन्”, अध्यक्ष बोहराले भन्नुभयो, “तटीय क्षेत्रका स्थानीय भने दिनभर बगरमा काम गरेर बेलुकी घर फर्कन्छन् ।”


Last Updated on: February 23rd, 2023 at 12:30 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया