मंगलबार १६ आश्विन २०८०

कालो चश्मा लाएर दीपाश्री र स्वास्तिमा धान रोप्न गएपछि….
June 29, 2021 18
काठमाडौ । असार १५ आज नेपालभर धान दिवस मनाइँदैछ । नेपाली चलचित्रका कलाकारहरु पनि धान दिवसको अवसरमा विभिन्न स्थानमा पुगेर रोपाँइमा रमाइरहेका छन् । निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काले भक्तपुरमा पुगेर रोपाँई गरेका छन् । दीपाश्रीले धान रोप्दै गरेका तस्बिर सार्वजनिक गरेकी छन् । जसमा अर्की नायीका स्वस्तिमा खड्का पनि देखिन्छिन् ।

दीपाश्रीलाई फेसबुकमा पच्छ्याउने प्रायले दुबै कलाकारको चश्मामा जोड दिँदै प्रतिक्रिया जनाएका छन् । प्रेमेश नेपाल नामक प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्,’चश्मा लगाएर धान रोप्न जाने नमूना पनि देखियो।’ त्यस्तै नारायण दाहालले प्रश्न गरेका छन्,’फोटो खिच्नमात्र खेतमा जानेहरुको पोष्टले वास्तविक किसानहरुको अपमान भएजस्तो लाग्दैन र ?

केहीले भने ुकठै कपडामा हिलो लाग्ला है। विचार गरौं, कलाकार महोदयहरू भन्दै व्यङ्ग्य गरेका छन्। उनीहरू भक्तपुरमा रास्ट्रिय युवा संघ नेपालले आयोजना गरेको असार १५ विशेष कार्यक्रममा गएका हुन्।


Last Updated on: June 29th, 2021 at 6:50 pm
५२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया