मंगलबार २३ जेठ २०८०

जाजरकोट, १५ असार -कुशे गाउँपालिका–७ का सुवास शाहीको खुट्टामा चोट लागेर घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा स्टेचरमा राखेर बोकेर लगिँदै । घाइते बालकका आफन्तहरुले यातायातका साधनहरु नपाउँदा स्टेचरमा बोकेर ल्याउन लागेको बताएका छन् । तस्वीर ः हेमन्त केसी, रासस

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार विहान राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच एक घण्टा भेटवार्ता भएको हो।
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सरकारी पक्षबाट बहस जारी रहेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो। शितल निवासले यो भेटलाई नियमित भनेको छ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली विहान दश बजे शितल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ११ बजेसम्म भेटवार्ता भएको थियो।

***

बेलायतमा भेटियो अर्को मन्कीपक्स नामक यस्तो ड’रला’ग्दो भाइरस भेटियो , यो कति खतरनाक ?

संसार यतिबेला को’रोना भाइरसको संक्रमणले आक्रान्त छ । यो जटिल अवस्थामा बेलायतमा अर्को एउटा नयाँ भाइरस भेटिएको छ । भाइरसको नाम हो मंकीपक्स । बेलायतको नर्थ वेल्समा एकै परिवारका दुई सदस्यमा मंकीपक्सको पुष्टि भएको छ ।

अधिकारीका अनुसार सर्वसाधारणमा यसको जोखिमको खतरा कम छ । स्वास्थ्य अधिकारीले यो भाइरस विदेशबाट बेलायत भित्रिएको पनि दाबी गरेका छन् ।

बेलायतको न्यूज वेबसाइट द वीकको रिपोर्ट अनुसार पब्लिक हेल्थ वेल्सले दुबैजना बेलायत बाहिरबाट संक्रमित भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि, यसबारे जानकारी प्राप्त भएपछि कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ ।

डब्ल्यूएचओ अनुसार मंकीपक्स जनावरबाट मानिसमा फैलने एक संक्रामक रोग हो । यो रोग धेरैजसो मध्य र पश्चिमी अफ्रिकी देशमा फैलन्छ र यहाँबाटै अन्य भागमा पनि फैलिएको पाइएको छ । यो रोग संक्रमित जनावरसँग सिधा सम्पर्कमा आएपछि फैलन सक्छ । यो रोग लाग्दा बिफरको जस्तै लक्षण देखिन्छ । यो रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, कम्मर दुख्ने, मांसपेशी दुख्ने र कमजोरी हुनेलगायतका लक्षण देखिन्छन् ।

यूकेको नेशनल हेल्थ सर्भिसका अनुसार पहिलो पाँच दिनमा शरीरमा बिमिरा आउन थाल्छ । सुरुवातमा यो बिमिरा अनुहारमा आउँछन् र त्यसपछि बिस्तारै पूरा शरीरमा फैलन्छ । त्यसपछि यो बिमिरा रातो रङको हुने गर्दछ । अन्त्यमा यो बिमिरामा पाप्रा लाग्ने गर्छन् ।

डब्ल्यूएचओका अनुसार यो रोगमा मृ’त्युदर ११ प्रतिशतसम्म पुग्नसक्छ । यद्यपि, राम्रो कुरा यो हो कि यो बिमिराबाट बचाउने भ्याक्सिन भ्याक्सिनिया मंकीपक्सविरुद्ध पनि असरदार छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार बिमिराविरुद्ध तयार भएको सिडोफोवीर, एसटी–२४६ र भ्याक्सिनिया डम्यूनि ग्लोबुलिन (भीआइजी) मंकीपक्समा पनि असरदार छ ।

मंकीपक्स भाइरसको पहिचान सबैभन्दा पहिला सन् १९७० मा अफ्रिकी देश कंगोमा भएको थियो । त्यसपछि सन् २००३ मा यो रोग अमेरिकासमेत संसारभरीका थुप्रै देशमा फैलिएको थियो । रातोपाटी बाट***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: June 29th, 2021 at 6:53 pm
४४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया