शनिबार ०६ कार्तिक २०७८

यिनै हुन जसले पढाइ खर्च जुटाउन आँप बेचिरहेकी बालिकाको १२ वटा आँप २ लाख रुपैयाँमा किनिदिए
June 29, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
एजेन्सी -को रोना महामारीका कारण विद्यालय बन्द भयो । त्यसपछि ५ कक्षाकी विद्यार्थी तुलसी घरमै बस्न बाध्य भइन् । विद्यालयले पढाइ सुरु गरेको तुलसीले जानकारी पाइन् तर उनी कक्षामा उपस्थित हुन सक्दिनथिन् । कक्षा अनलाइनबाट चलिरहेको थियो र यसका लागि तुलसीसँग स्मार्टफोन थिएन । त्यसैले स्मार्टफोन किन्ने पैसा जम्मा गर्न उनले सडक किनारामा आँप बेच्न थालिन् ।

यी बालिकाको कथा समाजिक संजालमा यसरी भा इरल भयो कि उनको सपनाले उडान भर्न पाउने भएको छ । बाटोमा आँप बेच्न बसेकी तुलसीसँग १२ वटा आँप थिए । एक व्यक्तिले उनलाई ती प्रत्येक आँपको १० हजार भारतीय रुपैयाँका दरले १२ वटा आँपको १ लाख २० हजार रुपैयाँ (नेपाली रुपैयाँ झण्डै २ लाख) दिएर सबै आँप किनिदिए ।

यी आँप खास आँप पनि थिएनन् । तर, पढाइको लागि ती बालिकाको सं घर्ष देखेर ती व्यक्तिले यति महंगोमा आँप किनिदिएका थिए ।

भारतको झारखण्ड राज्यको जमशेदपुरमा स्ट्रेट माइल्स रोडमा बंगला नम्बर ४७ को आउटहाउसमा बस्ने ११ वर्षकी तुलसी ५ कक्षाकी छात्रा हुन् । उनको परिवारको आर्थिक अवस्था कमजोर छ । उनको परिवारले उनलाई पढाइरहेका त थिए तर को रोना ले स्कुल बन्द भए । स्कुल बन्द भएपछि अनलाइन कक्षा सुरु भयो तर तुलसीको पढाइ भने ठप्प भयो किनकि उनीसँग स्मार्टफोन थिएन ।

तुलसीले पैसा जुटाउन आँप बेच्न थालिन् । उनले आफू बस्ने बंगलाको बगैंचामा फलेका पाकेका आँप टिपेर ल्याएर सडकमा बेचिरहेकी थिइन् । यस क्रममा तुलसीको यो कहानी सामाजिक संजालमा भाइरल भयो ।

सामाजिक संजालमा भाइरल भइरहेको यो कहानी मुम्बइको भ्यालुएबल एडुटेनमेन्ट कम्पनीमा उपाध्यक्ष अमेया हेतेसम्म पुग्यो । त्यसपछि उनले तुलसीलाई सहयोग गर्न अगाडि आए ।

उनले तुलसीका १२ वटा आँप प्रतिआँप १० हजारका दरले १ लाख २० हजारमा किनिदिए । अब अमेया हेतेले तुलसीको सपनालाई नयाँ उडान दिएका छन्, तुलसी कहाँसम्म पुग्छिन् त्यो भने हेर्न बाँकी नै छ । यो पैसाबाट लुतसीले १३ हजार रुपैयाँमा स्मार्टफोन किनेकी छिन् । बाँकी रकम उनले अगाडिको पढाइको लागि राखेकी छिन् । अब भने उनी सडक किनारामा आँप बेचिरहेकी देखिन्नन ।

काठमाडौं– संगीतकार संघ नेपालले यस वर्षको ‘अजर अमर सम्मान २०७८’बाट संगीतकार तथा गायक माणिकरत्न स्थापितलाई सम्मानित गरेको छ । नेपाली सुगम तथा पाश्र्व संगीतका गायक तथा संगीतकार माणिकलाई संगीतकार संघ नेपालले एक लाख १ हजार १ सय ११ रुपैंयाँसहित सम्मान गरेको हो ।

उनलाई संस्थापक अध्यक्ष तथा संरक्षक शम्भुजीत बासकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुरको खुमलटारस्थित निवासमा पुगेर सम्मान हस्तान्तरण गरेका थिए ।


Last Updated on: June 29th, 2021 at 7:29 pm
५३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया