शनिबार २३ मंसिर २०८०

असार १६ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानि पुर्याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ । अनावश्यक जमघटले काममा बाधा पुर्याउला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्न सक्छ । चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । काममा अवरोध आउन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ । विभिन्न अवसरले पछ्याए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले मन खिन्न हुनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । आक्षेप लगाउनेहरू दुख देलान् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्य साथ काममा जुट्नुहोला । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला । तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइ लेखाइमा समय दिन नसकिएला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नु परेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।


Last Updated on: June 29th, 2021 at 7:41 pm
४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया