मंगलबार १६ आश्विन २०८०

काठमाडौँ : देशमा भर रोजगारीको व्यवस्था नभएपछि नेपालीहरूलाई परदेशिनु बाध्यता बनेको छ । यही क्रममा कति नेपाली दाजु भाइ दिदी बहिनीहरू काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ ।

कति नेपाली चेलीहरु यौन शोषणमा परेका छन् । आफु यौन शोषणमा परेको पिडा सहाना नसकिदा कति नेपाली चेलीले आत्महत्या समेत गरेको घटना हामीले सुनेकै छौ ।

यस्तै यर्थाथ कथामा आधारित भएको एउटा भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा कन्चन पुन, रश्मि भट्ट, नेत्र फुयाल र सुरेन्द्र हमाल को निकै मन छुने अभिनय देख्न सकिन्छ भिडियोलाई मरुभूमि नारायण को छायाङ्कनमा रमेश बिक ले सम्पादन गरेका छन् ।

भिडियोमा दिलिप रेग्मीको निर्देशन रहेको छ । गीतको लेखन दिलिप रेग्मीकै रहेको छ भने संगीत एक नारायण भण्डारीको रहेको छ ।

गीतमा देवी घर्ति, जुना श्रीस र कन्चन पुन को आवाज रहेको छ ।

भिडियो :

tatotatokhabar .comबाट साभार


Last Updated on: June 30th, 2021 at 12:30 am
१०२० पटक हेरिएको

तपाईको प्रतिक्रिया