काठमाडौमा दलित भएकै कारण कोठा भाडा नपाएको घटना सेलाउन नपाउँदै झापामा फेरी अर्को घटना सार्वजनिक भएको छ । झापा हल्दीवारीमा एक व्राम्हण युवकले दलित युवतीसंग प्रेम विवाह गरेका थिए । उनको त्यो दोस्रो विवाह थियो । श्रीमानले आफुलाई घर लिएर जाँदा परिवारले स्वीकार नगरेको उनको भनाई छ । श्रीमानले भाडामा बसौं भनेर श्रीमानले भाडामा राखेका थिए ।
उनी गर्भवती भएको ८ महिना पछि उनका श्रीमान काम गर्न पनि छोडे । उनको ब्यवहार परिवर्तन हुन थाल्यो । कोठाभाडा पनि नतिर्ने गर्न थाले । तर अहिले उनको काखमा बच्चा छ । श्रीमान पनि सम्पर्कमा छैनन् । उनी घर जाँदा दलितकी छोरीलाई बुहारीका रुपमा स्वीकार गर्दैनौं भन्दै परिवारले निकालेको उनले बताएकी छन् । गर्भवती श्रीमतीलाई घर परिवार मिलेर घरबाट निकालेर श्रीमान् समेत फ रा र भएको भन्दै एक महिनाको बच्चा बोकेर एउटी चेली मिडियामा मिडियामा आएकी छिन ।
आफूलाई ढाँटेर ललाइफकाई गरेर विवाह गरेको र दश दिनसम्म घरमा राखेको त्यसपछि घरबाटै निकालेको भनेर उनले सुरु देखिको सम्पूर्ण कहाँनी बताइन । आफुलाई माया जालमा पारेर फकाएर जीवन भर साथ दिन्छु भनेर कट्टेलले दलितकी छोरी भगाएका थिए ।

कट्टेलको भने पहिले पनि विवाह भइसकेको र ९ बर्षको छोरो समेत रहेको विवाहपछि मात्रै थाहा पाएको बताइन । १ महिनाको छोराको बिजोग भयो आफूले न्याय पाउनै पर्छ भन्दै सुत्केरी चेलीले यस्तोसम्म सुनाईन कि सुनेर सबैका आँखा रसाए । तलको भिडियोमा हेर्नुहोला