
दाङका एक कोरोना संक्रमितको मृ’त्यु भएको छ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरसको संक्रमणबाट गएराति नि’धन भएको हो । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराउँदा स्वास्थ्यमा थप स’मस्या देखिएपछि ४-५ दिन अघि उनलाई काठमाडौं ल्याइएको थियो । काठमाडौंको करुणा अस्पतालमा उपचारका क्रममा गएराति उनको नि’धन भएको हो ।अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गरेका थिए ।
हाल फरक पेशमा भएपनि पत्रकारिता क्षेत्रमा आवद्ध थिए । यसअघि दाङकै एक स्वास्थ्यकर्मीको पनि संक्रमणका कारण सोमबार नि’धन भएको थियो । २० वर्षीय अनिसा ओलीको उपचारका लागि अस्पताल चहार्दा च’हार्दै नि’धन भएको थियो । अनिसा आफै स्वास्थ्यकर्मी पनि थिइन् ।
गत सालको महामारीमा कोरोना संक्रमितको उपचारमा लागेकी ओली अहिले आफै उपचार नपाएर ज्यान गु’माउन पुगिन् । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने प्रक्षेपण गरेको छ ।
मन्त्रालयले मंगलवार भ’च्र्युअल पत्रकार सम्मेलनमा आगामी तीन महिना भित्र ३ लाख नयाँ सङ्क्रमित थपिन सक्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अबको ९ हप्ताको बीचमा सङ्क्रमण दर निकै उकालो लाग्ने र क’ठिन समय आउनसक्ने बताउनुभयो ।
असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने भन्दै उहाँले ला’परवाही बढ्दै गए असारको पहिलो साता भित्रै दैनिक ११ हजार सङ्क्रमित थपिन सक्ने बताउनुभयो ।सङ्क्रमितको सङ्ख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले लागू गरेका मा’पदण्ड पालना गरेमा ठूलो चु’नौती रो’क्न सकिने र लकडाउनको अवस्था टा’र्न सकिने बताउनुभयो । हाल २ हजार सङ्क्रमितलाई उपचार गर्न सकिने रे’मडिसिभर औ’षधि र ४ लाख पीसीआर कि’ट मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।