शुक्रबार १२ आश्विन २०८०

अम्बाको दाना भन्दा पातको यति ठूलो महत्व यी सबै रोगको लागि रामवाण औषधि हो । हाम्रै गाउँघर र वरपर पाईने धेरै फलफूल र कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ यो तपाईं हामीलाई पनि थाहा छ ।

यही विषयमा आज हामी त्यहि जडिबुटीको रुपमा लिईने अम्बाको पातको बारेमा चर्चा गर्नेछौँ । अम्बा तपाइ हामी सबैलाई थाहा छ । हामी अम्बा निकै मन पराएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि झन् निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको पनि हुनसक्छ ।

अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ । अब हामी अम्बाको फाइदाको बारेमा जानकारी गराउँदछौं

यस्ता छन् अम्बाको पातबाट पाइने फाइदाहरु :-

१ अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ ।

२ मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।

३ अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।

४ पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।

५ पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।

के तपाईंलाई यो जानकारी पहिलेबाट नै थाहा थियो त ? क’मेन्ट गर्नुहाेला र शे’यर गर्नुहोला ।\


Last Updated on: June 30th, 2021 at 12:43 am
१२७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया