
फागुन १६,शुक्रबार चर्चित गायिका ज्योति मगरलाई नचिन्ने सायद थोरै नै होलान । यतिबेला कोरोइना भाईरस हुदैन थ्यो भने उनी यतिबेला बिभिन्न स्टेज कार्यक्रममा समय दिन भ्याई नभ्याई हुन्थ्यो ।
गायिका ज्योति मगर पछिल्लो समय डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् ।बहुप्रतिभाकी धनी भनेर आम दर्शकहरुको मन जितेकी थिईन । लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् ।फ्यानले विवाह कहिले हेर्न पाउने छन भन्ने प्रश्नमा उनले जवाफ दिएकी छिन अब त मलाई पनि विवाहको रहर जागिसक्यो ।मंसिरको महिना फेसबुक लगायत जताततै विवाह देख्दा मलाई धेरै रहर लागेको छ ।
मन मिल्दो राम्रो बर पाएँभने जुनै समय पनि हुनसक्छ विवाह । भनेको जस्तो बर पाइनँ भने कहिलै पनि नहुन पनि सक्छ भनेर रमाईलो जवाफदिएकी छिन । चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन्। कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।
अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु ।
ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन ।दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन् ।
पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ ।शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ।