
अबुजा-नाइजेरियाको दक्षिणी राज्य रिभर्समा तेलको पाइपलाइन विस्फोटमा शुक्रबार बिहान कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीको इमुओहा स्थानीय सरकारी क्षेत्रको रुमुएक्पे समुदायमा स्थानीय बासिन्दाहरूले पाइपलाइनबाट तेल निकाल्ने क्रममा विस्फोट भएको रिभर्सका प्रहरी प्रवक्ता ग्रेस इरिन्गे-कोकोले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।
अहिलेसम्म सो घटनामा कम्तिमा १२ जना जलेर मृत्यु भएको विश्वास गरिएको छ । यद्यपि पीडितहरूको परिचय भने खुल्न सकेको छैन । यसै बीच स्थानीयवासीले पाइपलाइनबाट इन्धन निकाल्न प्रयोग गर्ने पाँचवटा सवारीसाधन र चारवटा ट्राइसाइकल विस्फोट भएको ठाउँमा जलेर खरानी भएको पनि प्रहरी प्रवक्ताले बताए ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त घटना शुक्रबार बिहानै पाइपलाइनबाट सिफन गरिएको कच्चा तेलले भरिएको बस सो क्षेत्रको अवैध रिफाइनिङ प्वाइन्टतर्फ जाने क्रममा आगोमा परेको थियो र सो दुर्घटना भएको थियो । नाइजेरियामा तेलका पाइपलाइन तोडफोड र तेल चोरी बारम्बार दोहोरिरहने घटनाहरू हुन् ।
१५ फागुन, काठमाडौं । सोमबार अपरान्ह ४ बजे व्यवसायीहरुको एउटा समूह दरबारमार्गको मुल सडकमा कालो ब्यानर लिएर अन्दोलनमा उत्रिए । करिब तीन सयको संख्यामा रहेका व्यवसायीहरुको भीडमा थिए, व्यवसायी ठाकुरप्रसाद अधिकारी । उनी दरबारमार्गमा रहेको कपडा पसलको सटर बन्द गरेर आन्दोलनमा आएका थिए । दरबारमार्ग परिक्रमा गरिरहेको आन्दोलनको भीडमा अधिकारी उत्तेजित हुँदै भन्थे, ‘बालेन साह पार्किङ देऊ, पार्किङ नदिए राजिनामा देऊ ।’
अधिकारीकाअनुसार महानगरले पार्किङ हटाएपछि पसलको व्यापार चौपट भएको छ । दरबारमार्ग क्षेत्रमा पार्किङ छैन भन्दै ग्राहक नै नआएको अधिकारीले बताए । पार्किङ अभावमा उनी र छिमेकीका व्यवसाय ६० प्रतिशतले घटेको अधिकारी बताउँछन् । उनी सहभागी विरोध र्यालीमा अगाडि रहेकाहरुले सिट्टी फुक्दै भन्छन्, ‘मेयर साप, पार्किङ नदिए राजिनामा देऊ ।’ अधिकारी ‘हो–हो’ भन्दै ताली पिट्छन् ।
सामान्यतय साँझ पर्नै लाग्दा दरबारमार्ग क्षेत्रमा चहलपहल बाक्लिन्छ । तर, सोमबार अपरान्ह व्यवसायीहरु आफ्नो व्यवसाय बन्द गरेर महानगरविरुद्ध आन्दोलनमा उत्रिए । आन्दोलनमा भेटिएकाहरुको एउटै स्वर थियो ‘महानगर पार्किङ देऊ ।’
आन्दोलनमा रहेका ज्ञानेश्वर श्रेष्ठ दरबारमार्गमा ज्वेलरी पसल सञ्चालन गर्छन् । श्रेष्ठकाअनुसार १९ पुसमा महानगरले दरबारमार्ग क्षेत्रबाट एक्कसी एक लाइन पार्किङ हटाएपछि यहाँका व्यवसायीहरु निकै ठूलो संकटमा परेका छन् । केही विकल्प होलाकि भनेर कुर्दा कुर्दै हरेक दिन व्यवसाय चौपट भइरहेको उनले बताए । ‘पार्किङ हटायो भन्ने खबरले मानिस नै दरबारमार्गमा आउँदैनन् । यहाँ सुनसान भइसक्यो,’ श्रेष्ठले भने, ‘अब कसरी सहनु ? हामी भाग्नु अघिको अवस्थामा आन्दोलनमा छौं । ’
किनमेल र घुमफिरका लागि प्रख्यात रहेको दरबारमार्ग अहिले साँझ ६ बजेपछि नै सुनसान हुने गरेको उनले बताए । उनले महानगरको पार्किङ व्यवस्थित गर्ने कार्य सही भएपनि विकल्पविहीन निर्णयको विरोध गरिएको उनले बताए ।
दरबारमार्गका व्यवसायीहरु आन्दोलनको अगुवाइ गरिरहेका दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारी मेयर साहले सरसल्लाह नगरी पार्किङ हटाएको आरोप लगाउँछन् । दरबारमार्गको इतिहासमै पार्किङका लागि भनेर निर्माण गरिएको ठाउँमा महानगरले अनुचित काम गरेको उनले बताए । कुनै विकल्प नदिई गरिएको निर्णयका कारण ग्राहक दरबारमार्ग नआएको र व्यवसायी भाग्नु पर्ने अवस्था सृजना भएको अधिकारीले बताए । ‘करोडौं खर्च गरेर यस क्षेत्रमा व्यवसाय गरिरहेकाहरु ग्राहक नआउने वातावरण पछि कहाँ जाने ?,’ अधिकारी प्रश्न गर्छन्, ‘यसबारे मेयर बालेनले सोच्नु पर्छ ।’
पटक–पटक मेयरसँग यसबारे छलफलका लागि भेट्न जाँदा भेट्न अस्वीकार गरेको पनि अधिकारीले बताए । ‘हामीले लिखित रुपमा मेयरको सचिवालयलाई यसबारे जानकारी गराएका छौं । तर यलाई बेवास्ता गरियो,’ अधिकारी भन्छन्, ‘अब महानगरले बेवास्ता गरे सडकमा जबरजस्ती पार्किङ गर्छौँ ।’
दरबारमार्ग विकास बोर्डका पूर्वअध्यक्ष सुन्दरलाल कक्षपतिले दरबारमार्गको पार्किङ हटाउने निर्णय फिर्ता हुनु पर्ने बताए । महानगरले एक पक्षीय ढंगबाट पार्किङ हटाएर अन्याय गरेको र दरबारमार्गको ऐतिहासिक महत्व नबुझको कक्षपातिको भनाइ छ । ‘पार्किङ गर्न कै लागि भनेर बनाएको ठाउँबाट सवारी साधन हटाइनु सर्वथा गलत हो’ कक्षपातिले आक्रोसित हुँदै भने, ‘दरबारमार्गको पार्किङले कसलाई असर गरेको छ ? यो कुरा मेयर बालेनले प्रष्ट्याउनु पर्छ ।’
गत १९ पुसमा ट्राफिक प्रहरीको आग्रहमा महानगर प्रहरीले दरबार मार्ग क्षेत्रको बायाँतर्फको सडकको एकतर्फी पार्किङ हटाएको थियो । पार्किङ हटेका कारण त्यस क्षेत्रमा रहेका करिब ३ सय वटा पसल कबुलमा ग्राहक नआएको व्यवसायीहरुको आरोप छ ।
दरबारमार्ग क्षेत्रमा निकै कम मात्रामा बेसमेन्ट पार्किङ रहेको भन्दै व्यवसायीहरुले ग्राहकका लागि त्यसबाट नपुग्ने बताए । दरबारमार्ग विकास बोर्डकाअनुसार अहिले हटाइको क्षेत्रमा करिब ३ हजार मोटरसाइकल र एक सय हाराहारी गाडी पार्किङ गर्न मिल्ने अवस्था थियो । पार्किङको समस्या घरबेटीको होकी महानगरको भन्ने जिज्ञासामा बोर्डका पूर्वअध्यक्ष कक्षपातिले भने, ‘व्यवसायी र कर्मचारीको पार्किङ घरबेटीको हो । तर ग्राहकको पार्किङ व्यवस्था राज्यले गर्नुपर्छ । विना विकल्प हटउन पाइन्न ।’
दरबारमार्गमा पार्किङको वैकल्पिक उपायबारे सडकको कुनै एक भाग प्रयोगबाहेक अन्य कुनै विकल्प नरहेको पनि बोर्डको दाबी छ ।
म्याग्दी – म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगाएपछि उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् ।
सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ ।
बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन् । रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको विद्यालयका शिक्षक हर्क छन्त्यालले बताउनुभयो । रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन् ।
उनले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन् । रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन् । उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन् । उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो । “अवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छु”, रिक्जनाले खुसी हुँदै भनिन् ।
माझीको घरको अवस्था भने अत्यन्त दयनीय छ । बिहान खाए, बेलुकी के खाउँको अवस्था छ । बाआमाले मजदुरी गरेरै जीविका चलाएका छन् । तर रिक्जनाले बाआमालाई थोरी भए पनि खुसी दिलाएकी छिन् । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना ।
रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको मङ्गला माविका खेल शिक्षक हर्कबहादुर छन्त्यालले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउनुहुन्छ ।
काठमाडौं । स्वस्तिमा खड्का नेपाली चलचित्रमा निकै चर्चित नायिका हुन् । ‘लभ लभ लभ’ र ‘छक्का पञ्जा’, ‘नाई नभन्नु ल’, ‘प्रेम गीत २’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘नाइ नभन्नु ल ५’ जस्ता उत्कृष्ट फिल्म’मा अभि’नय गरेपनि ‘बुलबुल’ फिल्मले भने उनलाई निकै सफ’लता दिएको थियो । यस फिल्म’बाट स्वस्तिमा’ले विभिन्न अवार्ड पनि पाएकी थिइन् । उनको फिल्म छक्का पञ्जा २ ले पनि व्यवसा’यिक रुपमा सफल’ता प्राप्त गरेको थियो ।
खड्काले सन् २०१५ को किशोर प्रेमप्रसङ्गयुक्त ‘होस्टल रिटर्न्स’मा अभिनेत्रीको रूपमा पदार्पण गरेकी थिइन्, जसका लागि उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयन गरिएको थियो। यो प्रारम्भिक सफलता व्यवसायिक रूपमा सफल चलचित्रहरूको शृङ्खलाद्वारा पछ्याइएको थियो।
उनको पदार्पण पछि, उनी सन् २०१७ को प्रेमप्रसङ्गयुक्त नाटक ‘लभ लभ लभ’मा देखा परेकी थिइन्, जसले आलोचकहरूबाट सकारात्मक समीक्षा प्राप्त गरेको थियो। सन् २०१७ मा, खड्का सामाजिक नाटक चलचित्र ‘छक्का पञ्जा २’ मा देखा परेकी थिइन्, जुन व्यावसायिक रूपमा सफल भएको थियो, जसले रिलीजको पहिलो छ दिनमै ६० मिलियन नेपाली रुपैयाँ कमाएको थियो।
दोस्रो सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको थियो। उही वर्ष, खड्काले नाटक चलचित्र ‘बुलबुल’मा अभिनय गरेकी थिइन्। चलचित्र ९२औँ एकेडेमी पुरस्कारमा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय कथानक चलचित्रका लागि नेपाली प्रवेशको रूपमा चयन गरिएको थियो, तर यो नामित भएको थिएन। चलचित्रमा उनको अभिनयले आलोचनात्मक प्रशंशा प्राप्त गरेको थियो।
चलचित्र क्षेत्र प्रवेश गर्नु अगाडी १७ वर्षको उमेर’मा मिस टिन नेपालमा भाग लिएकी स्वस्तिमा’ले २०१६ मा २० वर्षको उमेरमा निर्देशक तथा निर्माता निश्चल बस्नेतसँग विवाह गरेकी थिइन् । साथै पछिल्लो समय दीपेन्द्र के खनालले निर्देशन गर्ने आगामी फिल्म ‘भष्मे डन’को लिड अभिनेत्रीमा स्वस्तिमा खड्का फाइनल भएकी छन् ।