
काठमाडौं/ नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा मोडल पल शाहलाई ‘रियल हिरो’ को सम्मान गरिएको छ । कोरोना महामारीका कारण समस्यामा परेका फिल्मकर्मीहरुलाई सहयोग गर्न सुरु गरिएको ‘रजतपट कोशेली अभियान’ ले पल शाहलाई सम्मान गरेको हो ।
रजतपट कोशेली अभियानले एक कार्यक्रमको आयोजना गरी सात केजीको माला लगाएर शाहलाई ‘रियल हिरो अफ दि इयर’ को उपाधिबाट सम्मान गरेको हो । पलले गएको बर्षदेखि कोरोना पीडितदेखि बाढी पीडितसम्मलाई सहयोग गर्दै आइरहेका छन् ।
सम्मान पाएपछि पलले खुशी हुँदै सहयोगका लागि मनदेखि भावना आउनुपर्ने बताए । उनले सम्मान पाउनका लागि आफू सामाजिक काममा नलागेको पनि बताए ।
आफुले सहयोग गरेको तस्बिर सामाजिक सञ्जालमा देखाउनको लागि नहालेको भन्दै पलले अरुलाई इन्स्पायर्ड गर्नका लागि तस्बिर शालेको बताए ।
क्यानडा नेपालले तयार गरेको भिडियो हेर्नुहोस्ः