शुक्रबार ०५ आश्विन २०८०

एजेन्सी – जिम भन्‍ने बित्तिक्कै हामी पुरुष मान्छेले गर्ने भनेर बुझ्‍ने गर्छौ। तर अहिले पुरुषभन्दा महिलाले पनि जिममा आफ्नो कब्जा जमाइसकेको छ। २० वर्षीया रसियन बडीबिल्डर जुलिया विन्सको मसलले धेरैको मन लोभ्याएको छ।

जुलियाले बनाएको आफ्नो बडीको तस्बिर सामाजिक सञ्‍जाल इन्स्टाग्राममा भाइरल भइरहेको छ। उनले आफ्नो फ्यानको लागि खिचाएर तस्बिर पोस्ट गरेपछि उसलाई पछ्याउन मानिसहरुको ओइरो लागेको छ। उनको फ्यान फ्लोअरस दिनप्रतिदिन बढिरहेको छ।

उनले बनाएको शारिरीक बनावटले गर्दा उनलाई मसल बार्बी समेत भन्‍ने गरिएको छ। जुलिया करीब ५ वर्षदेखि पावर लिफ्टिङ गर्दै आएकी छिन्। उनको तस्बिर हेरेर धेरैले परफेक्ट वुमनको संख्या दिएका छन्।

उनले १५ वर्षको उमेरदेखि नै जिम गर्न थालेको उनले आफ्नो बडीलाई सबैभन्दा आकर्षक बनाउन सफल भएको वेलायती अनलाइ द सनले उल्लेख गरेको छ।

 

प्रतिक्रिया दिनुहोस


Last Updated on: June 30th, 2021 at 4:23 pm
७०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया