
काठमाडौँ, १६ असार ।
अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौ । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’’ कुराकानीको शुरुआत नै यसरी भयो ।
पाइलटहरुको एउटा परिवार । शुरुमा पिता अनि तीनभाई छोरा पनि बुबालाई पछ्याउँदै पाइलट । संसारमा यस्तो संयोग पनि कमै जुर्छ होला । तेस्रो पुस्तालाई समेत सोही पेशामा लगाउने सोच छ त्यो परिवारको छ ।
यो पाइलट परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड समेत बनाएको छ । त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुनुहुन्छ सुवास रिजाल । नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायु सेवा निगम आफैमा गर्विलो विरासत बोकेको संस्था हो ।
काठमाडौँको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो । सोही संस्थाले दिएको नाम र कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार ।
यो पाइलट परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड समेत बनाएको छ । त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुनुहुन्छ सुवास रिजाल । नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायु सेवा निगम आफैमा गर्विलो विरासत बोकेको संस्था हो ।
काठमाडौँको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो । सोही संस्थाले दिएको नाम र कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार ।
धनकुटाबाट विराटनगर हुँदै काठमाडौँ आइपुगेको रिजाल परिवारले बनाएको प्रतिष्ठा धेरैका लागि लोभलाग्दो पनि छ । पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट हुनुहुन्थ्यो । उहाँ लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइरहनु भएको छ । उहाँका तीन भाई छोरा नै पाइलट हुनुहुन्छ ।
अहिले त उहाँहरु पनि वरिष्ठ भइसक्नुभयो । कुनै समय थाइ एयरलाइन्ससँग जोडिएर आउँथ्यो, निगमको नाम । शाही नेपाल वायु सेवा निगमबाट शुरु भएको यात्रा नेपाल वायु सेवासम्म आइपुग्दा झनै खस्किएको छ । झनै खुम्चिएको छ भन्दा अन्यथा हुदैन होला । विदेशी एयरलाइन्सको धमाधमको कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ । सीमित मात्र होइन झन खुम्चिँदै गएको छ ।
देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौँ उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउण्डेड हुन बाध्य छन् । आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उड्न सक्छ, सम्भव छ भन्नेहरुका कुरा सायदै सुनिन्छ । पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ ।
अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी र दुई वाइडबडीका पनि आ–आफनै कहानी छन् । निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आँट गरेर जहाज नल्याएको भए आज निगम विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्मा मात्रै सीमित हुन्थ्यो भनेर टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् ।
निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिदैन भन्ने मान्यताले काम गरेको छ । जसले हुँदैन र सकिदैन भन्छन् उनीहरुलाई नै निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ ।
नेपालको हवाई उड्डयन व्यवसाय रु ९५ अर्ब भन्दा माथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाहरुको कूल हिस्सा रु २० देखि २५ अर्ब मात्र रहेको छ । हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा सम्वृद्धि हाँसिल गर्न सकिने सकारात्मक मत पनि छ ।
निगमका वरिष्ठ पाइलट समेत रहनु भएका सुवास भन्नुहुन्छ “उच्च व्यवस्थापनमा रहेकाहरुले जे कुरा सम्भव छैन भनिरहनु भएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौँ । हामीमा आँट छ, गर्ने ल्याकत पनि छ ।
सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा शुरु भएको थियो । सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान शुरु भएको थियो । सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर हुनुहुन्थ्यो । त्यसपछि झनै गन्तव्य थपिनुपर्ने थियो ।