
हरिकृष्ण न्यौपाने, कुवेत – नुवाकोटका रञ्जीत घिमिरे र सोलुखुम्बु पिङ्ला–११ घर भएकी पेसी शेर्पाले एकैदिन संसारबाट बिदा लिएका छन्। कुवेतमा कार्यरत घिमिरे र शेर्पा प्रे’मस’म्ब’न्धमा रहेका थिए।
सन् २०२१ जुन २५ तारिख शुक्रबारका दिन उनीहरू बिदा भएका हुन्। नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले राहदानी नम्बर १०८८०२५५ रहेकी पेसी शेर्पा र राहदानी नम्बर १०२०३३१५ का रञ्जीत घिमिरेले जुन २५, २०२१ शुक्रबार एकैदिन ‘प्रा’ण त्या’गे’को बताएका हुन्।
उनीहरू प्रे’म’स’म्ब’न्धमा रहेको भन्नेबारे कुनै जानकारी नभएको बताउँदै सिलवालले भने, ‘मृ’तक सोलुखुम्बुकी पेसी शेर्पाको श’व’ नेपाल पुगिसकेको र रञ्जीत घिमिरेको ‘श’व’ पठाउने प्रक्रिया शुरु भएको छ।’
रञ्जीत घिमिरेका साथीका अनुसार करिव ३ वर्ष पहिले कुवेत पुगेका घिमिरे एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए। पेसी शेर्पा घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी थिइन्।
‘उनीहरूबीच पटक–पटक भेट हुने गरेको थियो, र बिहे गरेर सँगै बस्ने उनीहरूको योजना थियो,’ रञ्जीतका साथीले भने, ‘त्यो दिन प्रेमी–प्रेमिका भनिएका रञ्जीत र पेसी शेर्पाबीच टेलीफोनमै झगडा भएको थियो।’
त्यसपछि रञ्जीतले स्थानीय समय साँझको ७ बजेतिर फर्वानियास्थित आफ्नै कोठामा बिदाई लिएका छन्। त्यसलगत्तै उनकी प्रेमिका पेसी शेर्पाले पनि मालिककै घरमै जीवन ‘त्या’गे’की हुन्।