मंगलबार १६ आश्विन २०८०

काठमाडौ ।

तनहुँको बन्दीपुरमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बन्दीपुर गाउँपालिका(३ तामुङमा पहिरोले घर पुरिँदा ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति पहिरोले घर पुरिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए। सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन्। पहिरोका कारण गाउँका अन्य चार घर जोखिममा परेका प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक छ। घर माथिबाट खसेको पहिरोले घर पुर्दा दुखद् घटना भएको गाउँपालि काका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन्। घटनास्थल जाने बाटो पनि पहिरोले अवरुद्ध भएका कारण आफूहरु हिँडेर घटनास्थल तर्फ गइरहेको उनले बताइन्।


Last Updated on: July 2nd, 2021 at 12:29 am
२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया