
नेपालको च’र्चित रियालिटी शो कुन हो भनेर कसैले सोध्यो भने ‘भ्वाइस अफ नेपाल’ भन्दा फरक नपर्ला ।
फ्रेन्चाईज शो भएर पनि होला यसको छुट्टै क्रेज छ । भिडियो ।
स्टेजको आ’कर्षण, को’चको रुपमा चर्चित गायकहरुको उपस्थिति र निखारिएका प्रतिस्पर्धीहरुको कारणले पनि शोको शान बढाएको छ ।
यति धेरै चर्चित रहेको रियालिटी शोमा जजहरुको प्रति एपिसोड पारिश्रमिक कति होला जो कोहिलाई जान्ने ईच्छा रहन सक्छ ।
आउनुहोस् आज हामि यसै विषयमा चर्चा गर्नेछौ ।भ्वाइस अफ नेपालको सिजन १ देखि अहिलेसम्म हेर्ने हो भने कोच दिप श्रेष्ठ र कोच प्रमोद खरेल परिवर्तन
भएका छैनन् भने अन्य कोचहरु परिबर्तन भैरहेका छन् । कोच राजु सिजन २ बाट भ्वाइसको कोचको रुपमा उपस्थित भएका थिए ।
भने सिजन एक देखि सिजच तिन सम्म आइपुग्दा लेडिज कोचहरु भने प्रत्येक सिजनमा परिवर्तन भएका छन् । सिजन १ मा भ्वाइसको
कोचको रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल, अभय सुब्बा रहेका थिए ।
सबैका आदरणिय रहेका कोच दीप सिजन १ देखि हालसम्म निरन्तर कोचको रुपमा देखिदै आएका छन् । तर यस बर्षको को-रोनाको कारणले उनलाइ
नराम्रो असर पार्यो । को-रोना पोजेटिभ देखिएर नेगेटिभ समेत आइसकेता पनि उनको शरिर अझै कमजोर रहेकोले उनको स्थानमा चर्चित गायक राजेश
पायल राईले कोचको भुमिका निभाइरहेका छन् ।
कोच दीपको स्वास्थ्य अवस्था सुधार नहुदा सम्म राजेश नै स्ट्याण्डिङ्ग कोचको रुपमा रहने बुझिएको छ ।
निरन्तर भ्वाइसको कोचको रुपमा रहेका दीप श्रेष्ठले सिजन १ मा प्रति एपिसोड ३५ हजार पारिश्रमिक पाउने गरेको छन् यस्तै सिजन २ मा ३५ र
सिजन ३ मा ४० हजार पारिश्रमिक पाउने गरेका छन् । सिजन १ मा टिम दीपका सी डी विजय अधिकारीले भ्वाइसको उपाधि हात पारेका थिए ।
यस्तै सिजन एकदेखि सिजन ३ सम्म कोच रहेका अर्का कोच हुन् चर्चित गायक प्रमोद खरेल । सबैको मन जित्न सफल कोच प्रमोद खरेल सिजन
एकदेखि ३५ हजार पारिश्रमिक पाउने गरेका छन् । सिजन २ मा टिम प्रमोदका राम लिम्बुले भ्वाइसको उपाधी हात पारेका थिए ।
दार्जलिङ्गमा जन्मिएकी अभय सुब्बा भ्वाइस अफ नेपाल सिजन एकको कोच हुन् । सिजन एक पश्चात उनको स्थानमा कोचको रुपमा चर्चित
गायिका आस्था राउत देखिइन् । अभया सुब्बाले प्रति एपिसोड २५ हजार पारिश्रमिक पाउथिन् ।
सनुप पौडेल भ्वाइस अफ नेपाल सिजन एकका अर्का कोच हुन् । उनले प्रति एपिसोड ३० हजार पारिश्रमिक पाउथे । उनले भ्वाइसको सिजन
२ मा कोचको रुपमा निरन्तरता दिन सकेनन् । उनको स्थानमा कोचको रुपमा चर्चित गायक राजु लामा देखिए ।
भ्वाइस अफ नेपाल सिजन २ की कोच आस्था राउतले प्रति एपिसोड २५ हजार पारिश्रमिक पाउने गर्थिन् । कोच अभयको स्थानमा कोचको
रुपमा देखिएकी आस्था राउतले सिजन ३ मा भने निरन्तरता पाउन सकिनन् ।
अर्का चर्चित गायक एबम् भ्वाइसका कोच हुन् राजु लामा । कुनै समयका चर्चित गायक राजु लामाका कतिपय गी’तहरु अझै पनि सदाबहार छन् ।
धेरै समय अमेरिकामा बसेपछि सिजन २ बाट भ्वाइसको कोचको रुपमा देखिएका उनको क्रे’ज अझै घnटेको छैन । उनले ३० हजार पारिश्रमिक पाउने गरेका छन् ।
सि’जन ३ मा कोच आस्था राउतको स्थानमा कोचको रुपमा चर्चित गायिका तृष्णा गुरुङ्ग देखिइन् । उनले प्रति एपिसोड २५ हजार पारिश्रमिक लिने गरेकी छिन् ।
पब्लिक न्युज नेपालबाट साभार गरियको खबर