
बोलमाया, एक बचन बोल, तिम्रै बोली, छ मलाई अनमोल !, तीन वर्षअघि सार्वजनिक भएको गीत ‘बोल माया’ ले सांगीतिक बजारमा छुट्टै तरंग ल्याइदियो ।
वैदेशिक रोजगारीमा गएकाहरूको दुःखा-न्त क-था-लाई उठान गरेको गीतले धेरैलाई भावुक बनायो । धेरैले गीतलाई गाउँघरको कथाका रूपमा बुझे । दुई वर्षअघि ‘बोल माया’ को चर्चा सेलाएकै थिएन । अर्को गीत सार्वजनिक भयो, ‘गलबन्दी’ । पछ्यौरी च्यातियो तिम्ले तानेर
फसाउन नखोज, सोझी ठानेर ! गाउँघरको लोक जनजीवनलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको यो गीतले उस्तै चर्चा पायो । गीत १८ दिनमै युट्युबमा १ करोडभन्दा बढी पटक हेरियो ।
YOU MAY LIKEAdskeeper
The Most Amazing Exotic Pet Cats You Can Own!
792
198
264
Husband Divorces Wife After Looking At This Photo
400
100
133
Prince Harry And Meghan Markle Having Marriage Problems
866
217
289
सुरिलो स्वरकी धनी गायिका शान्तिश्री परियारलाई चिनाउन यी गीत नै काफी छन् । तीन साताअघि एउटा गीत सार्वजनिक भयो, ‘चौका दाउ’ । जुन गीत अहिले युट्युबमा रुचाइन थालेको छ ।
धेरैले यसका हरफमा टिकटक बनाएका छन् । सार्वजनिक भएको तीन सातामा गीतलाई युट्युबमा ७० लाखभन्दा बढी पटक हेरिएको छ । पछिल्लो समय लोकसंगीतमा छाएकी छिन्– शान्तिश्री ।
आज धेरैको मन जितेकी शान्तिश्रीको विगतको कथा भने क-ष्ट-क-र छ । दुःखद बाल्यकाल, गायनमा सानैदेखि रुचि रोल्पाको विकट गाउँमा, निम्नवर्गीय परिवारमा
जन्मिएकी हुन् शान्तिश्री । चार दाजुभाइ, तीन दिदीबहिनी, बुवाआमा गरी नौ जनाको परिवार । ज्यामी काम गरेर बुवाले परिवार पाल्दै आएका थिए ।
जनयुद्धको समय थियो । माओवादीले विद्यालयबाट विद्यार्थी ‘अभियान’ मा लग्ने समय थियो । त्यो त्रास र गाउँमा निकै दुःख भएपछि शान्तिश्रीको सपरिवार
सदरमुकाम लिवाङ झ¥यो । त्यसबेला शान्तिश्री ७ वर्षकी मात्र थिइन् । सदरमुकाममा डेरा गरेर बस्न थालेपछि परिवारमा धेरै अभाव थियो । बाल्यकालमै शान्तिश्री
बिहान घरको काम सिध्याएर विद्यालय जान्थिन् । सदरमुकामको विद्यालयमा पढ्न थालेपछि उनले आफूमा भएको प्रतिभा प्रस्फुटन गर्ने वातावरण पाइन् ।
सम्झिन्छिन्, ‘दुई कक्षामा पढ्दा बाल दिवसको दिन विद्यालयमा गायन प्रतियोगिता भयो । त्यसमा भाग लिएँ । प्रथम भएँ । १३ वर्षको उमेरमा दाङ पुगेर क्षेत्रीयस्तरको
दोहोरी प्रतियोगितामा भाग लिएर उनी तृतीय भइन् । त्यसबेला उनले ‘राष्ट्रिय स्तर’का कलाकारहरूलाई प्रत्यक्ष देख्ने मौका पाइन् । ‘त्यहाँ नारायण रायमाझी,
रमेश बिजी, चन्द्र शर्मा, राजु परियार, सिर्जना विरही, बद्री पंगेनीलगायतका कलाकार पुग्नुभएको थियो’ उनी सम्झिन्छिन्, ‘त्यसपछि त गायिका बन्नुपर्छ भन्ने चाहना झन् चुलिएर गयो ।
केही रुपैयाँ पुरस्कार पाउँदा उनमा गायनप्रतिको आकर्षण बढ्दै गयो । सहकर्मी, छिमेकी, शिक्षकहरूले भन्न थाले, ‘यो त राम्रो गायिका बन्छे कि क्या हो !
तर शान्तिश्रीका लागि त्यो सहज थिएन । बुवा बिरामी परेपछि उपचारका लागि बुवाआमा काठमाडौं आए । भाइबहिनीको हेरचाहको जिम्मेवारी अब शान्तिश्रीको
काँ-ध-मा आइलाग्यो । दाइ, दिदीको विवाह भैसकेको थियो, शान्तिश्रीले बाध्यतावश विद्यालय छा-डे-र गिट्टी कुट्ने, बो-क्ने काम गर्न थालिन् । उ-प-चा-र गरेर फ-र्कि-ए-पछि बुवा
कमाउनका लागि भारत गए । बुवा बि-रा-मी परेपछि उ-प-चा-र-का लागि बुवाआमा दुवै काठमाडौं आए । भाइ–बहिनीको हेरचाहको जिम्मेवारी शान्तिश्रीको काँ-ध-मा आइलाग्यो ।
शान्तिश्रीले बा-ध्य-ता-वश विद्यालय छाडेर गिट्टी कुट्ने, बोक्ने काम गर्न थालिन् । शान्तिश्रीलाई आफ्नो गायिका बन्ने सपना पूरा गर्न राजधानी जानुपर्छ भन्ने हुटहुटीले सताइरहेको थियो ।
तर, कसरी जाने उपाय सुझिरहेको थिएन । त्यसमाथि आमाको सहारा थिइन् उनी । जिल्लाकै एकजना प्रकाश जिसी दाइले काठमाडौं लगिदिने र दोहोरी
साँझमा काम लगाइदिने बताए । उनी आमालाई ‘मनाउन’ लागिन् । धेरै प्रयासपछि आमालाई फकाएर २०६४ सालमा शान्तिश्री काठमाडौं छिरिन् ।
‘मान्नुभएको थिएन । तर छोराछोरीले धेरै कर गरेपछि कुनचाहिं आमाले चाहेको गर्न दिंदैनन् र १ उहाँलाई कन्भिन्स गराएँ । दाइसँग त लामो समय बोलचाल नै भएन’,
काठमाडौं आउनका लागि गरेको संघर्षको कथा उनले अनलाइनखबरलाई सुनाइन् । परिवारबाट कहिल्यै नछुट्टिएकी उनले काठमाडौंमा एक्लोपन भोगिन् । अभाव झेलिन् ।
दुः-ख र क-ष्ट सहिन् । तैपनि रहर खातिर उनले यी सब अवस्थासँग पौठेजोरी खेलिन् । एक दिनका लागि गाउन गएकै दोहोरीमा जागिर शान्तिश्री बालाजुचोकमा
रहेको त्रिवेणी त्रिशूली दोहोरी साँझमा गाउन थालिन् । दोहोरी साँझ खासै चल्दैनथ्यो । तलब निश्चित थिएन, जाने–आउने चलिरहेको थियो । कसैको सट्टामा
शान्तिश्रीले एकदिनका लागि बागबजारमा रहेको रमाइलो चौतारी दोहोरी साँझमा पुगेर गीत गाइन् । गाएकी के मात्र थिइन्, संचालक याम श्रेष्ठको मन जितिहालिन् ।
श्रेष्ठले त्यतिबेलै आफ्नो दोहोरी साँझमा जागिर दिने निर्णय गरे । तलब तोकियो ४ हजार । त्यसपछि उनले अन्य दोहोरी साँझमा पनि गीत गाइन् । रेकर्डिङ र स्टेज यात्रा
दोहोरीबाट गायन शुरू गरे पनि गीत रेकर्ड गराउने शान्तिश्रीको सपना थियो । टेलिभिजनमा आफ्नो गीत प्रसारण होस् भन्ने रहर थियो । गायिका बनेर परिवारको
अवस्था र इज्जत माथि उठाउने धोको थियो । २०६८ सालमा उनले शम्भु थापाको गीत गाइन्, ‘अरूभन्दा फरक म किन रु’ यो गीतले खासै चर्चा पाएन ।
दोहोरीमा तलब कम थियो, केही टिप्स आउँथ्यो । त्यो जम्मा गर्दै उनले आफ्नै लगानीमा ‘घर छ तीनतले’ बोलको लोकदोहोरी गीत बजारमा ल्याइन् ।
कुलेन्द्रले निःशुल्क गाइदिने भए । केही खर्च पृथ्वीले हालिदिए । कुलेन्द्र र शान्तिश्रीको आवाजमा सार्वजनिक भयो, ‘एकतर्फी माया’ ।त्यहीबेला पृथ्वी थकालीले लगाएको
गुन शान्तिश्री जीवनभर बिर्सन सक्दिनन् । शिव हमाल, कुलेन्द्र विकसँग उनले भेट गराइदिए । शिवले निःशुल्क गीत बनाइदिए । यो गीतपछि शान्तिश्री गायिकाका
रूपमा चिनिंदै गइन् । भन्छिन्, ‘त्यसपछि मेरो सांगीतिक करिअर शुरु भयो भनौं ।’ उनलाई रेकर्डिङका लागि अवसरहरू आउन थाले । केही स्टेज कार्यक्रममा बोलाइन थालिइन् ।
कसैको सट्टामा शान्तिश्रीले एकदिनका लागि बागबजारमा रहेको रमाइलो चौतारी दोहोरी साँझमा पुगेर गीत गाइन् । गाएकी के मात्र थिइन्, संचालक याम श्रेष्ठको मन
जितिहालिन् । श्रेष्ठले त्यतिबेलै आफ्नो दोहोरी साँझमा जागिर दिने निर्णय गरे । गायनमा उनको धीत मरेन । उनलाई लाग्यो, ‘मेरो स्वर सुनाउनका लागि मैले
आफूलाई प्रमाणित गर्नैपर्छ । थोरै पैसा आफैं जम्मा गरिन्, केही समयका लागि पृथ्वी थकालीसँग ७० हजार रुपैयाँ सापटी मागिन् । अब उनले आफ्नै १ लाख ५० हजार
लगानीमा मिलन लामासँग मिलेर गाइन्– ‘गाईलाई दाम्लो, माछीलाई फुर्लुङ्ग’ । यो गीत उनको सांगीतिक करिअरको अर्को खुट्किलो बन्यो । ‘त्यसपछि विदेशबाट समेत
अफरहरू आउन थाले । पहिलो कार्यक्रम ओमनमा गरें । त्यसपछि हङकङलगायत देशमा स्टेज कार्यक्रमका लागि पुगें’ उनले भनिन्, ‘सापटी लिएको ७० हजार
तीन महिनामा कमाएर तिरें ।’ शान्तिश्री अब संगीतमा छाउन थालिन् । उनका एकपछि अर्को गीत चल्दै गए । लोकगायक पशुपति शर्मासँग गाएको ‘सातो फुक झाँक्री बा’,
बुहारी सुत्केरी भैछ’, ‘मेरो छोरा दुई नम्बरी’ लगायत गीत रुचाइए । व्यस्तता बढ्दै गएपछि २०७२ सालमा दोहोरी साँझ छाडिन् । ‘बोल माया’ पछि एकै दिन ६ वटा गीत रेकर्ड
गीत चलिरहेका थिए । स्टेज कार्यक्रम भइरहेका थिए । त्यही बीचमा २०७४ सालमा नारायण रायमाझी, प्रकाश सपूत र शान्तिश्रीको आवाजमा ‘बोल माया’ गीत बजारमा आयो ।
यसले छुट्टै उँचाइ दिलाएको शान्तिश्री बताउँछिन् । ‘त्यसअघि बामे सरिरहेकी म त्यसपछि हिंड्न सकें’ उनी भन्छिन्, ‘त्यो गीत सार्वजनिक भएपछि दैनिक ६
वटासम्म गीत गाएकी छु । स्टेजतिर पनि धेरै व्यस्त भएँ ।’ त्यसको चर्चा कम भएकै थिएन, अर्को गीत ‘गलबन्दी’ ले शान्तिश्रीलाई थप चर्चामा पु¥याइदियो ।
खासमा ‘गलबन्दी’ लाई लिएर शान्तिश्रीमा औसत अपेक्षा थियो । तर टिकटकमा यो गीत एकाएक छायो । ‘बोल माया’ गीत कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो ।
थुप्रै सञ्चारमाध्यममा अन्तर्वार्ता गरिएको थियो । तर, ‘गलबन्दी’ तामझाम नगरी सार्वजनिक भएको थियो । ‘गलबन्दी’ सार्वजनिक भएको अर्को दिन शान्तिश्री स्टेज कार्यक्रमका
लागि ‘यूके’ जाँदै थिइन् । यात्राको क्रममा टिकटक के हेरेकी थिइन्, त्यो त ‘गलबन्दी’ मय भएको देखिन् । ‘त्यो देखेपछि ओहो १ यस्तो पनि हुँदोरहेछ भन्ने लाग्यो’
अनपेक्षित चर्चा पाउँदाको क्षण सम्झँदै भनिन्, ‘अरू गीत त विदेशमा विस्तारै ‘क्लिक’ हुँदै जान्थ्यो । यो गीत म यूके पुगिसक्दा धेरैको मुखमा झुण्डिसकेको रहेछ ।’
दुवै गीत आफ्नो करिअरको लागि उत्तिकै महत्वपूर्ण रहेको शान्तिश्रीले बताइन् । स्टेजमा ‘बोल माया’ र ‘गलबन्दी’ गाउँदाका केही फरकपन छन् ।
त्यो के भने, ‘बोल माया’ शान्तिश्रीले स्टेजमा एकपटकभन्दा बढी गाउन सक्दिनन् । ‘गलबन्दी’ तीन चार पटक गाउँदा पनि धीत मर्दैन । ‘मेला महोत्सवमा दर्शक रमाइलो
गर्न भनेर आउनुभएको हुन्छ । ‘बोल माया’ गाउँदा उहाँहरू स्तब्ध बन्नुहुन्छ । कति रुनु हुन्छ । त्यसैले आफूलाई पनि त्यो गीत धेरै गाएर भावुक बनाउन मन लाग्दैन’
उनले भनिन्, ‘गलबन्दी बोलको गीत जति गाउँदा पनि ‘वान्स मोर’ आइरहन्छ ।’ शान्तिश्रीका गीतहरू निरन्तर चलिरहेका छन् । लकडाउनको समयमा
‘मायालु आजैलाई’ राम्रै चलेको गीत हो । ‘माया हाँसेको’ गीतलाई पनि श्रोता दर्शकले उत्तिकै रुचाएका थिए । शान्तिश्रीले २०६८ सालमा विवाह गरिन् । तीन वर्षको
प्रेम सम्बन्धपछि धादिङका नारायण भुजेलसँग उनको विवाह भयो । उनीहरूको भेट एक लाइभ दोहोरीमा भएको थियो । सोही कार्यक्रममा नम्बर साटासाट भयो ।
‘कुराकानी हुन थाल्यो । तर प्रेम भन्ने एक वर्षसम्म थाहा थिएन । उहाँले रेस्टुरेन्टमा काम गर्नुहुन्थ्यो । मलाई सपोर्ट गर्नुहुन्थ्यो’ शान्तिश्रीले सुनाइन्, ‘एकअर्काका
भावनाहरू मिल्दै गए । अन्ततः २०६८ सालमा विवाह ग¥यौं । अहिले शान्तिश्रीका श्रीमान् एक एनजिओमा काम गर्छन् । दुवैको मायाको निशानी छोरी भर्खरै दुई महिनाकी छिन् ।
शान्तिश्रीले ४२ दिन गीत रेकर्डलाई ब्रेक गरिन् । तर, पनि सो समयमा श्रोताले उनको स्वर खोजे । उनको आवाजमा तीन साताअघि ‘चौका दाउ’ बजारमा आयो ।
यो गीत युट्युब, टिकटकमा भाइरल भइरहेको छ । आजसम्म कति गीत गाइन् रु उनले सुनाइन्, ‘डायरीमा टिपेर राखेकी छु । ११०० भन्दा बढी भएछन् ।’
स्टेज कार्यक्रमका लागि उनी ४५ भन्दा बढी जिल्ला पुगेकी छिन् । दुई दर्जन भन्दा बढी देशमा उनले प्रस्तुति दिइसकेकी छिन् । ‘अहिले गाउन धेरै अफर आइरहेका छन् । दिनहुँजसो एक–दुई वटासम्म
गीत रेकर्ड गराइरहेकी छु । छोरीलाई पनि हेर्नुप¥यो’, यसो भनिरहँदा शान्तिश्रीमा मातृत्व झल्कन्थ्यो । गफ गरिरहँदा सानी छोरीलाई उनकी आमाले हेरिरहेकी थिइन् । शान्तिश्रीको सफलतामा आज को बढी खुशी होला रु निःसन्देह – आमा । जुन खुशी आमाको मुहारमा पनि झल्किरहेको थियो । अनलाइन खबरबाट