बुधबार १० आश्विन २०८०

काठमाडाैँ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ । काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो ।

काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ । काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो ।

करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको छ । तर सम्पर्क कार्यालयमा मुख्यमन्त्री राई विरलै मात्र पुग्छन् । कार्यालय रुङ्नका लागि प्रदेश सरकारले एक जना कर्मचारी राखेको छ । मुख्यमन्त्री काठमाडौं जाँदा सहजताका लागि भन्दै एक जना हलुका सवारी चालक पनि राखिएको छ ।

काठमाडौंमा संघीय सरकारले मुख्यमन्त्रीहरुलाई आवासका लागि अपार्टमेन्टको व्यवस्था गरेको छ । तर आवास र कार्यालय प्रयोजनका लागि भन्दै महँगोमा घर भाडा लिइएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार काठमाडौं महाराजगञ्ज स्थित शर्मिला पाण्डेको घर भाडामा लिएर मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको हो ।

कार्यालयमा मुख्यमन्त्री शेरधन राई कहिलेकाहीं मात्रै पुग्ने गरेको मन्त्रालय स्रोत बताउँछ । ‘मुख्यमन्त्री काठमाडौं जाँदा कहिलेकाहीं कार्यालयमा निस्कनुहुन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘मासिक साढे ३ लाख भाडा र दुई जना कर्मचारी छन्, उपलब्धि भने केही छैन, खर्च मात्रै बढिरहेको छ ।’ सम्पर्क कार्यालयमा रहेको छैटौं स्तरको दरबन्दी भने खाली छ ।

यता मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले काठमाडौंमा हुँदा मुख्यमन्त्रीको भेटघाट सम्पर्क कार्यालयमा हुने गरेको बताए । ‘काठमाडौं जाँदा मुख्यमन्त्री र मन्त्रीहरु कार्यालयमा पुग्नुहुन्छ,’ उनले भने, ‘कार्यालय भेटघाटका लागि प्रयोग हुन्छ ।’ विराटनगरमा मुख्यमन्त्री शेरधन राईको निवास पनि भाडामा छ ।

भाडाका नाममा मासिक ३८ लाख बढी खर्च । प्रदेश १ मा भाडाका नाममा मात्रै राज्यस्रोतबाट मासिक ३८ लाख २८ हजार भन्दा बढी खर्च भइरहेको छ । सातवटै मन्त्रालयले कार्यालय, आवास र गोदाम प्रयोजनका लागि घर भाडामा लिइएको छ ।

मन्त्रालयका सचिवदेखि नायवसुब्बा तहसम्मका कर्मचारीका लागि घर भाडामा लिएर क्वाटर उपलब्ध गराइएको छ । क्वाटरका लागि प्रयोग गरिएका घरहरु गोदाम र कार्यालय प्रयोजनका लागि भनेर भाडामा लिइएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार मुख्यमन्त्रीको सम्पर्क कार्यालय, निवाससहित प्रदेशमा सरकारी कार्यालय र गोदाम भाडामा मासिक ३८ लाख २८ हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा भाडा बापत चार करोड २१ लाख १२ हजार ३९३ रुपैयाँ खर्च भइसकेको छ । सोही अवधिमा जग्गा भाडा बापत दुई लाख २० हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि घर बहाल तथा जग्गा भाडाका लागि सात करोड ६३ लाख नौ हजार बजेट छुट्याइएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष घर तथा गोदाम भाडा बापत चार करोड ४१ लाख ३४ हजार ८० रुपैयाँ खर्च हुँदा जग्गा भाडा बापत एक लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

एमालेमा युवती का,ण्डः कृपासुर शेर्पाविरु,द्ध शेरधन राईको उ,जुरी ‘जवानी लाग्यो’ भन्दै म्यासेज पठाउने युवती का,रवा,हीमा परिन् । २६ माघ, काठमाडौं । राजनीतिमा एकले अर्कोलाई सिध्याउन जे पनि गर्न सक्छन् भन्ने त सुनिएकै हो । तर, एउटै पार्टीभित्र अर्को नेतालाई सिध्याउन महिला कार्यकर्ता प्रयोग गरिएको घटना भने सम्भवतः पहिलोपटक सार्वजनिक भएको छ, त्यो पनि सांगठानिक मामिलामा अनुशासित मानिएको नेकपा एमालेभित्र ।

आफ्नै सहयोद्धाबाट पीडित भएको भन्दै पूर्वसञ्चार मन्त्रीसमेत रहेका एमालेका युवा नेता शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरासमक्ष लिखित निवेदनसहित न्याय मागेका छन् ।

एमाले स्रोतका अनुसार वैकल्पिक पोलिटब्यूरो सदस्य राई आफूलाई सिध्याउन एमालेकै सांसद तथा पूर्वमन्त्री कृपासुर शेर्पाले अपराधिक क्रियाकलाप गरिरहेको भन्दै उजुरी दिएका हुन् ।

पार्टीले शेर्पामाथि कुनै कारवाही नगरे शेर्पाको आपराधिक करतुत सार्वजनिक गरिदिने र राज्यका निकायबाटै कारवाही गराउने जानकारी समेत राईले पार्टी नेतृत्वलाई गराएका छन् । यसबारे पूर्वमन्त्री राईले राष्ट्रपतिलाई समेत जानकारी गराएको निवेदनमा उल्लेख गरेका छन् ।

राजनीतिक उचाइका हिसाबले सानै उमेरमा उचाइ चढ्दै गरेका र वैवाहिक जीवनको तयारीमा रहेका एमाले नेता शेरधन राई पछिल्लो समय निकै ठूलो तनावमा छन् ।

राई भोजपुर-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने कृपासुर शेर्पा क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद हुन् । संयोगवश उनीहरु दुवैजना पालैपालो मन्त्रीसमेत भइसकेका छन् ।

विसं.०५६ पछि आफैंले पार्टीमा सामेल गराएका र ०७० को चुनावमा टिकटसमेत सिफारिस गरेका शेर्पाले पछिल्लो एक वर्षयता आफूविरुद्ध पटक-पटक अपराधिक षडयन्त्र गरेको प्रमाणसमेत राईले पार्टीमा पेश गरेको अनुशासन आयोगका एक सदस्यले अनलाइनखबरलाई बताए ।


Last Updated on: July 2nd, 2021 at 6:45 pm
४३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया