शुक्रबार ०५ आश्विन २०८०

काठमाडौँ १८ असार ।

नेकपा ९एमाले० का वरिष्ठ नेता माधव कुमार नेपाल समुहले सत्ता पक्षले दिएको निर्देशन नमान्ने भएका छन् । आज बसेको पार्टीको केन्द्रिय कमिटिको बैठकले प्रधानमन्त्रीको पदको लागि सभापति शेरबहादुर देउवालाई दिएको समर्थन दुई दिन भित्र फिर्ता गर्न निर्देशन दिएपछि नेपाल समुहले ओलीको निर्देशन मान्दौनौँ भनी हस्ताक्षर फिर्ता नगर्ने बताएका हुन् ।

नेपाल समुहका २३ जना सांसदहरुले देउवाको समर्थनमा हस्ताक्षर गरेका थिए । नेपाल समुहका नेत्री रामकुमारी झाँक्रीले पनि रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा बरु राजनीतिबाट सन्यास लिईन्छ , आ’त्मह’त्या गरिन्छ तर हामीबाट राजनीतिमा बेइमानी हुँदैन भन्दै हस्ताक्षर फिर्ता नलिने बताएकी छन् ।

संविधान र व्यवस्था बचाउनको लागि आफूहरुले देउवालाई समर्थन गरेको बताएकी भाँक्रीले ओलीले भन्दैमा हस्ताक्षर फिर्ता नहुने बताएकी हुन् ।


Last Updated on: July 3rd, 2021 at 12:50 am
५५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया