
लद्दाख सिमामा ठुलो संख्यामा भारतीय र चिनियाँ सेना परिचालन , परिस्थिति नि,यन्त्रण बाहिर जानसक्ने ख,तरा
July 2, 2021 20
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
एजेन्सी। गत वर्ष गल्वान उपत्यकामा भारतीय र चिनियाँ सेनाहरूबीच भएको हिं. xसा, xत्म, x क भि, xड, न्तपछि एलएसी अर्थात् वास्तविक नि,यन्त्रण रेखामा त,ना,व व्याप्त छ।
यस त,ना,वका कारण केही रणनीतिक विज्ञहरु भारतले चाँडै चीनसँगको सिमानामा बृहत्तर स्तरमा पूर्वाधार बढाउनको लागि चाँडो कार्य गर्नुपर्ने वताउँछन् ।
चीनले भारतसँगको सिमानामा अचानक केही गरेको छैन, तर विगत दुई दशकको अवधिमा त्यसले बिस्तारै पूर्वाधार निर्माण गरिसकेको छ।
भर्खरै, ब्लूमबर्गमा प्रकाशित एक रिपोर्टले भारतसँग चीनको सिमानामा सैनिकको संख्यामा उल्लेखनीय बृद्धि भएको दाबी गरेको छ।
उक्त प्रतिवेदनका अनुसार, भारतले ५० हजार अतिरिक्त सैनिकहरू एलएसीमा परिचालन गरेको छ।
ब्लूमबर्गले उत्तर क्षेत्रका पूर्व लेफ्टिनेन्ट जनरल डी एस हूडाको उद्धृत गर्दै दुबै तर्फबाट सेनाको यति ठूलो तैनाथी चि,न्ता,जनक रहेको जनाएको छ ।
यस्तो अवस्थामा सिमानामा दुबै सेनाले आफ्नो प्रभुत्व देखाउन खोज्नेछन् र यस क्रममा सानो घटनाले पनि परिस्थितिलाई नि,य,न्त्रणबाट बाहिर पुर्याउन सक्छ। यद्यपि अब यदि भारतले सीमामा आफ्नो सैन्य शक्ति बृद्धि गर्यो भने यो रणनीतिले प्रभाव पार्ने उल्लेख गरिएको छ ।
हालसालै केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह र भारतीय सेना प्रमुखले पनि लद्दाखको क्षेत्र भ्रमण गरेर भारतीय सेनाको अवस्थाको बारेमा जानकारी लिएका थिए।
बिबिसी हिन्दीको सहयोगमा
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल समूहका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा दिएको छ ।
शुक्रबार बसेको पार्टीको १३औँ केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै राष्ट्रपति र सर्वोच्च अदालतमा हस्ताक्षर दिएका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बहुदलीय प्रणालीमा दलको निर्णयविपरित दलका सदस्यले गरेका हस्ताक्षरको मान्यता नहुने उहाँको भनाइ छ ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनायोस् भन्दै हस्ताक्षर लिएर राष्ट्रपति र सर्वोचच अदालत जानु संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्र र जनताको मतसँग मेल नखाने भएको ठहर गर्दै सोमबार साँझ ५ बजेसम्म उक्त हस्ताक्षर फिर्ता लिन आह्वान गरेका छौँ ।’
संविधानको धारा ७६(५) बमोजिमका प्रधानमन्त्रीको आह्वान भएपछि माधवकुमार नेपाल पक्षले केपी ओलीको विपक्षमा उठ्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । तर, राष्ट्रपतिले ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरेपछि अदालतमा माधव नेपालसहितका १ सय ४६ सांसद्ले देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै रिट निवेदन पेश गरेका थिए ।
बैठकले पार्टी एकतालाई सुदृढ गर्न नेता तथा कार्यकर्तालाई आह्वान गर्दै एकताका सक्दो योगदान गर्न पनि आग्रह गरेको छ । साथै चिनियाँ कम्युनिष्ट पार्टीले स्थापनाको १ सय वर्ष पूरा गरेको अवसरमा बधाई एवं शुभकामना दिँदै युगान्तकारी र चामत्कारिक परिवर्नका लागि पनि शुभकामना दिएको छ ।