मंगलबार १२ आश्विन २०७८

सोलुखुम्बु / सोलुखुम्बुका ६ सयभन्दा बढी घर पहिरोको उ’च्च जो’खिममा छन्। जिल्लाका आठवटै पालिकाको तथ्यांकअनुसार ६ सयभन्दा बढी घरपरिवार पहिरोको उ’च्च जो’खिममा छन्। जसअनुसार सोलुदूधकुण्ड नगरपालिका–७ गार्मामा २५ घरघुरी पहिरोको जो’खिममा रहेको नगरपालिकाले जनाएको छ।

यस्तै, वडा–१ को नुनथला बजार र सोलुखोला आसपासका क्षेत्रमा पनि जो’खिम रहेको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताए। यस्तै, थुलुङ दूधकोसी गाउँपालिका–७ को लुरुवा, ९ को लिखेप, फलाटे, ३ पञ्चन, १ को नेलेका ५० घरधुरीभन्दा बढी पहिरोको उच्च जो’खिममा रहेको गाउँपालिकाले पहिचान गरेको छ।

लिखुपिके गाउँपालिकामा करिब ५५ घरधुरी जो’खिममा रहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार गाउँपालिकाको मेस्की र एर्माखुमा गरी ५५ घरधुरीभन्दा बढी जोखिममा छन्।

माप्य दूधकोसी गाउँपालिकाको वाप्सास्थित तामाखानी क्षेत्र, बोधु, अँधेरी लगायतका ३ सयभन्दा बढी घरधुरी पहिरोको जो’खिममा रहेको गाउँपालिकाका प्रवक्ता तेजबहादुर मगरले जानकारी दिए। सोताङ गाउँपालिकामा भने ४ घरधुरी जो’खिममा रहेको गाउँपालिकाले जनाएको छ।

विगतमा जो’खिम रहेको स्थानहरूमा तारजाली, पर्खाल लगाउने काम गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर राईले बताए। खुम्बुपासाङ ल्हामु गाउँपालिकामा खुम्जुङ, खुन्दे, इम्जा र फेरुचेलगायतका क्षेत्रमा पहिरोको जो’खिम रहेको गाउँपालिकाले जनाएको छ।

नेचा सल्यान गाउँपालिकाको बतासे, पातीखर्क र बोरोरे क्षेत्रमा पहिरोको जो’खिम रहेको गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीले जानकारी दिए। सडक निर्माण र खोला नजिकै घर बनाएकाले पहिरोको जो’खिम बढेको उनको भनाइ छ। जिल्लाको ५ सय रोपनी खेतीयोग्य जमिन र एक सय हेक्टर वन जंगलसमेत पहिरोको उच्च जो’खिममा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।

नेपालका ७७ जिल्लामध्ये सोलुखुम्बु विपद् जो’खिमको २३ औं स्थानमा रहेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार वार्षिक रूपमा २५ घरपरिवार पहिरोका कारण विस्था’पित हुने गरेका छन्। – अन्न’पूर्ण पो’ष्ट बा’ट


Last Updated on: July 3rd, 2021 at 1:02 am
१४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया