बिहिबार २५ जेठ २०८०

सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ । युवायुवतीहरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजि`क सञ्जालमा समय बिताउन थालेका छन् ।आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट’ना तथा विचार पोख्ने गतिलो माध्यम सा’माजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक:टक युवा`हरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बना|उन लोभि`एका छन् । कतिले त टिकटक मार्फत नै आफ्नो करि`यरलाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडि’यो कुन सम`यमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालि`एका कतिपय भिडियोहरु अन्य सा`माजिक सञ्जाल`मा भाइरल बनिर`हेका हुन्छन् ।

सबै चिजको दुईवटा पाटो हुन्छ, सकारात्मक र नका’रात्मक । त्यसैगरि टिकट|कमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीयताको कुरा गर्ने हो भने टिक’टक निकै असु`रक्षित र खत`रनाक छ ।

किनकि यसमा केवल दुई’वटा प्राइभेसी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्ने’हरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

विज्ञहरुका अनु’सार टिकट`कमा कुनै पनि सामाग्रीको बारेमा उ’जुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतर`नाक हुनसक्छ ।यस्तोमा टिक’टक इन्टरनेमा अरुको खिल्ली उडाउने वा दुव्र्य|वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।

टिक’टकलाई काबूमा राख्न आव’श्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकट`कमाथि प्रतिबन्ध लगाइएको थियो ।

किशोर किशोरीहरुले अ’श्ली`ल सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्या`धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्र`तिबन्ध हटाइएको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् ।

आजकल धेरैजसो एप’हरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइ सक्छ र प:र्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइट’को प्रयोगको प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।

टिकटक चलाउँदा हामी धेरै रमाइ:ला भिडियो बनाउँछौं। आफूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भिडियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ।त्यस्ता भिडियो’हरु पछि आफैँलाई हेर्न वा अरुलाई देखा’उन मन लाग्छ। तर, दिनदिनै टि’कटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।

टिकटकले भिडियो मो:बाइलमा राख्न मिल्ने सुविधा दिए’पनि कतिप’यलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिक:टक सेटिङ अगाडि नै मिलाएमा ती भिडि’योहरु हामी ‘सेभ’ गर्न सक्छौँ। सेटिङ मिलाएको छैन भनेपनि अपलोड भएका भिडियो पछि ‘सेभ’ गर्न सकिन्छ। यसको लागि केही प्रक्रिया:हरु जान्नुपर्छ। जुन यहाँ दिइएको छ।

– आफ्नो वा अरुको टिक’टक भिडियो ‘सेभ’ गर्न भिडियोमा एकैछिन थिचेर होल्ड गर्नु पर्छ। केहीबेरमा ‘सेभ भिडियो’ देखाउँछ। त्यसलाई क्लिक गरेपछि आफू’लाई मन परेको भिडियो सजिलै मोबा:इलमा ‘सेभ’ गर्न सकिन्छ। यो सबै’भन्दा चाँडो तरिका हो।

– अर्को, भिडियोमुनि देखिने कमेन्ट बक्स’को दायाँति:र रहेको ‘सेयर बटन’ क्लिक गरेर भिडियो:लाई आफ्नो क्यामरा रोलमा राख्न सकिन्छ। सेयर बटन’बाट भिडियो अरु सामाजि’क सञ्जा’लमा सेयर पनि गर्न सकिन्छ।

– पहिलेनै देखेको र लाइक गरि’सकेको भिडियो सेभ गर्न आफ्नो टिकटक प्रोफाइ’लमा जानुपर्छ। प्रोफाइ:लको आफ्नो बायोमुनि रहेको मुटु आकारको ‘आइकन’मा क्लिक गर्नुपर्छ। यस ‘आइकन’ भित्र आफूले लाइक गरेको सबै भि’डियो हुन्छ र त्यहीँ:बाट मन’परेका भिडियो सेभ गर्न सकिन्छ।

त्यस्ता भिडियोहरु पछि आफैँ’लाई हेर्न वा अरुलाई देखा:उन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।टिक’टकले भिडियो मोबाइ:लमा राख्न मिल्ने सुविधा दिए:पनि कति’पयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाए:मा ती भिडियो:हरु हामी ‘सेभ’ गर्न सक्छौँ।

– आफ्ना सबै टिक’टक भिडियोहरु पछि मोबाइ:लमा सेभ गर्न भिडियो अपलोड गर्नु’अघि सेटिङमा गएर ‘सेभ टु डिभाइस’ लेखिएको विकल्प गर्नुपर्छ। यसो गर्दा ती टिकटक भिडियो मोबाइल’को क्यामरा रोलमा बस्छ र भिडियो एक/एक गरी ‘सेभ’ गर्नु पर्दैन।

शिर्षकसँग सम्बन्धि’त भिडियो हेरौं…

कमलामाई (सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैं हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर ।

यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका-२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् ।

जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अर्ग्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ । विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड-१९ को त्रासका कारण दुई वर्ष थलियो ।

अहिले पुन: पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए। जनमैत्री क्याम्पस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो ।

तर, यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्दर्यताबाट मोहित भएर चार दिन बसेर फर्कियो । “होमस्टेमा आउने पर्यटक स्थानीय अर्ग्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ”, अध्यक्ष थापामगरले भने, “एकपटक आएका पाहुना पटक-पटक आउनुहुन्छ ।”

होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुन: यात्रा तय गर्दछन् ।

पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटकको चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन । स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन् ।

होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् । ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन ।

“राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे”, आलेमगरले भनिन्। राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर-घरमा पानी, बत्तीको सुविधा थपियो ।

ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको साथ र सहयोग रहेको उनले बताइन्।

“सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौं”, आलेमगरले भनिन्, “लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारका लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौंतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौं ।”

होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएकी र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेकी उनलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थालेको देख्दा खुशी लाग्छ । विमला थापामगरले २७ अतिथिको सेवा गरेर रु ३३ हजार सात सय आम्दानी भएको सुनाइन् ।

चुलोचौकामै सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छन् । चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर, अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरि-थरिका परिकार बनाउन सिकाएको छ ।

छ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैंले भ्याइरहेकी छन् । “यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्”, उनले भनिन्। होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन् ।

स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभरी फैलिएको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनी बताउँछन् ।

बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्याङ्क छ ।


Last Updated on: March 27th, 2023 at 5:36 pm
७३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया