
लोकप्रिय गायिका अन्जु पन्तले बिहे गरेकी छन् । पन्त आफ्ना प्रेमी थिर कोइराला वैवाहिक जीवनमा बाँधिएकी हुन । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको चर्चमा बिबाह गरेका हुन् ।
केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया दिएकी थिइन् ।पन्तले यस अघि मनोज राजसँग बिहे गरेकी थिइन् । उनीसँगै वैवाहिक जीवन सफल हुन नसके पछि उनी छुट्टै बस्न लागेकी थिएन । थिरको पनि यो दोस्रो विवाह हो ।
अन्जु र थिरले एक बर्षदेखि प्रेमलाई विवाहमा परिणत गरेका हुन् । प्रेमको बारेमा केही दिन अघि मात्र सार्वजनिक गरेका उनीहरुले बिहेको मिति बारे भने बताएका थिएनन् ।
केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् । उनीहरुले विवाह छिटै हुने कुरा भने बताएका थिए ।अन्जु र थिरले चर्चमा बिहे गरेको सार्वजनिक भएका तस्बिरवाट बुझ्न सकिन्छ ।
दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । विवाहमा सिमित आफन्त मात्र बोलाइएको र विवाहलाई गोप्य राख्ने प्रयास गरिएको थियो । थिरले पाटनको चर्चमा विवाह गरेको स्वीकार गरेका छन् ।
कोरोना जोखिका कारण सिमित ब्यक्तिका बिच विवाह गरेको उनीहरुको भनाई छ । दुबै जनाको परिवारको उपस्थितीमा मात्रै बिहे गरेका हौं । कलाकारहरुले भब्य रुपमा विवाह गर्दै आएको बेलामा अन्जु र थिरले भने सामान्य रुपमा विवाह गरेको बताइएको छ ।
गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । उनीहरुको एक छोरी परितोशिका पनि छन् । आमाछोरी सँग बस्दै आएका थिए । छोरीले नै आफुलाई विवाह गर्न दवाव दिएको अन्जुलेब बताउँदै आएकी थिइन् ।