बिहिबार २५ जेठ २०८०

काठमाडौं, १७ चैत -गोरखा, भिमसेन थापा गाउँपालिका-१ निवेलस्थित सडकमा भे.६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ डेरा गरी बस्ने सप्तरी कृष्णसरण गाउँपालिका-२ घर भएका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

सर्लाही, हरिपुर्वा नगरपालिका-३ धनकौलस्थित सडकमा ना.३४ प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक लालबन्दी नगरपालिका-१७ बस्ने ३० वर्षीय प्रमेश्वर महतो र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय चरित्र बहादुर काफ्लेको घटनास्थलमै मृत्यु भएको छ ।

रौतहट, गरुडा नगरपालिका-५ शिवनगरस्थित गौर चपुर सडकमा बीआर ३० क्यु २९०७ नम्बरको मोटरसाइकल र बीआर ३० वाई २४२९ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा बीआर ३० क्यु २९०७ नम्बरको मोटरसाइकलमा सवार गुजरा नगरपालिका-८ बस्ने ४० वर्षीय सुदिप पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको झाँजपुलस्थित ग्रेण्डी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये ३ जनाको सोही हस्पिटल र १ जनाको सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

यसैगरी, रौतहट, चन्द्रपुर नगरपालिका-५ चाँदीपुलस्थित सडकमा प्रदेश २-०२-००४ प ३०४७ नम्बरको मोटरसाइकल बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका-२ बस्ने ४० वर्षीया राज कुमारी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ शिवालय चोकमा क. प्र.०२००१ प ४९८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ कोलडाँडा घर भएका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिया, मधुवन नगरपालिका-५ गाउँ नम्बर ८ स्थित सडकमा भे.१ ख २२५४ नम्बरको बसले भे.४ प ५६४७ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका-७ सुन्दरपुर बस्ने २६ वर्षीया सरिता थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । बस र मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको दाबी गरेका छन् । भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै बिहीबार उनले देशमा राजनीतिक स्थायित्व कायम हुने दाबी गरेका हुन् ।

नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । ‘राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ,’ सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, “मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ ।”

बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनुले छुट्टै महत्व बोकेको पनि उनले बताए । यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने उनकाे विश्वास छ ।

उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागिपरेको उनल बताए । भने, ‘मेरो छिमेकी राष्ट्र भ्रमणका क्रममा अन्तर्राष्ट्रिय उडानको रुटका विषयमा महत्वका साथ छलफल गर्नेछु ।’

लुम्बिनी विमानस्थलका विषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलका विषयमा चीनसँग छलफल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्वका साथ अघि बढाएको पनि उनको भनाइ छ । द्रुतमार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताएका हुन् ।

 

चितवनको मेघौली विमानस्थल निर्माणको काम सुरु भएको जनाउँदै प्रधानमन्त्रीले त्यहाँबाट समेत छिट्टै उडान हुने बताए । उनले भने, ‘चितवनमा रहेको अर्को मेघौली विमानस्थलसमेत सञ्चालनको प्रक्रियामा गयो । विमानस्थलको विकास र विस्तारले यहाँको पर्यटनको विकासका दृष्टिले नयाँ कोशेढुङ्गाका रुपमा काम गर्नेछ ।’

भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको व्यारेकलाई भरतपुर महानगरपालिका–१ स्थित दियालो बङ्गलामा र घोडा प्रजनन केन्द्रलाई भरतपुर–११ गणेस्थान नजिक स्थानान्तरण गर्ने सैद्धान्तिक सहमति भएको जनाउँदै उनले स्थानान्तरणका लागि एक दुई दिनमा सहमति हुने बताए ।

कार्यक्रममा नागरिक उड्डयन, संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले सरकार ग्रामीणस्तरमा समेत हवाई उडान गर्ने योजनामा रहेको बताए । ग्रामीणस्तरको ‘लाइफलाइन’का रुपमा यसको विकास गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।

भरतपुर विमानस्थलको विस्तार र ट्रमिनल भवन निर्माणसँगै रात्रिकालीन उडान र अवतरणसमेत सुरु हुने उनको भनाइ थियो । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले भरतपुर विमानस्थल विस्तारको कामले बागमती प्रदेशमा नै खुशियाली छाएको बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, हरि सापकोटा, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी लगायतले बोलेका थिए ।

कस्ताे छ विमानस्थलकाे अवस्था ?

नयाँ ट्रमिनल भवन र विस्तारको काम सुरु गरिएको यस विमानस्थल सन् १९५८ मा निर्माण सम्पन्न भई पहिलो उडान सन् १९६१ मार्च ५ मा भएको थियो । सन् १९९४ मा एक हजार एक सय ५८ मिटर धावनमार्ग बनाइएको यो विमानस्थलको सन् १९९८ मा एशियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने काम सम्पन्न भएको सो अवसरमा जानकारी दिइएको थियो ।

देशको मध्य भागमा पर्ने भएकाले सन् १९८८ मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने उद्देश्यले अध्ययन गरिएको भए पनि वातावरणीय र पर्यावरणीय दृष्टिकोणले क्षति हुनसक्ने भएपछि काम अघि बढ्न सकेको थिएन । ५८ बिघा क्षेत्रफलमा फैलिएको यस विमानस्थलको धावनमार्ग अहिले एक हजार दुई सय मिटरको छ । विस्तारपछि धावनमार्ग एक हजार पाँच सय मिटरको हुनेछ । नयाँ ट्रमिनल भवनमा एक हजार यात्रुले सहजरुपमा उपभोग गर्न सक्नेगरी बनाउन लागिएको छ ।

चौध कठ्ठा क्षेत्रफलमा आठ हजार वर्ग मिटरको दुईतले ट्रमिनल भवन निर्माण गरिनेछ । भवनसँगै आठतले कन्ट्रोल टावर, पार्किङजस्ता अन्य संरचना निर्माण गरिनेछ । यसका लागि रु एक अर्ब ९२ करोडमा निर्माण कम्पनी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले तीन वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

काठमाडौं। आज शुक्रबार मतदान भइरहेको उपराष्ट्रपतिको निर्वाचनमा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये दुई जना महिला उम्मेदवार नै चुनावी मैदानमा रहेका छन्।

उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका दुई घटक जनता समाजवादी र जनमत पार्टीबाट दुई जना उम्मेदवार नै चुनावी प्रतिस्पर्धामा रहेका छन्।

सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव चुनावी मैदानमा छन् यस्तै गठबन्धनकै एक घटक जनमत पार्टीबाट ममता झा समेत चुनावी मैदानमा रहेकी छिन् । एमालेबाट अष्टलक्ष्मी शाक्यले प्रतिस्पर्धा गर्दैछिन्।

यसअघि जसपाबाटै उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता गर्दै आफ्नै पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गरेको घोषणा गरिसकेकी छिन्। यद्यपि मनोनय फिर्ताको समयावधिपछि उम्मेदवारी फिर्ता लिएकी उनको उम्मेदवारको सूचीमा नाम यथावत नै रहेको छ।

शुक्रबार बिहानबाट मतदान सुरु भइसकेको छ। बेलुकासम्म मत परिणाम सार्वजनिक हुने बताइएको छ। तथापि दुई महिला उम्मेदवार मतदानबाट बत्तिचत रहेका छन्। संघीय सांसद र प्रदेश सांसद मतदाता हुने उपराष्ट्रपतिको निर्वाचनमा दुई महिला उम्मेदवारले आफूले आफैंलाई मतदान गर्नबाट बञ्चित रहेका छन्।

नेकपा (एमाले) बाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले मतदान गर्न पाउँदैनिन्। उनी संघ तथा प्रदेशतर्फ को सांसद होइनन्। त्यस्तै अर्की जनमत पार्टीकी उम्मेदवार ममता झाले समेत आफूलाई मतदान गर्न नपाउने भएकी छिन्। उनी पनि संघ तथा प्रदेश कतैको सांसद छैनन्।

दुबै महिला उम्मेदवार रहेका उनीहरु संघ तथा प्रदेशको सांसद नभएकाले आफैंले आफैलाई मतदान गर्ने अवसरबाट बञ्चित भएका हुन्।

आजको उपराष्ट्रपतिको निर्वाचनकाे मतदान प्रक्रियामा सहभागी संघीय संसद्का दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद र सातवटै प्रदेशसभाका सांसदहरु उपराष्ट्रपतिको निर्वाचनमा मतदाता रहने व्यवस्था छ। सोही अनुसार संघीय एक सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार हुन्छ।

सोही मतभार अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार सात सय सात रहेको छ। जसअनुसार २६ हजार ३५४ मत ल्याउने उम्मेदवार विजयी हुन्छ।
नेपाली कांग्रेससँग कुल मत १६ हजार २२१ मत रहेको छ । कांग्रेसले जसपाका उम्मेदवारलाई रामसहायलाई मत दिने औपचारिक निर्णय गरिसकेको छ ।

यस्तै एमालेको मतभार १५ हजार २३३ रहेको छ । एमालेकी उम्मेदवार शाक्यलाई नै उसको मत जाने निश्चित छ। माओवादीको जम्मा मत ७ हजार ७४५ रहेको छ । माओवादी हालसम्म कुनै उम्मेदवारको पक्षमा खुलेको छैन।

यस्तै दल राष्ट्रिय स्वतन्त्र पार्टीको १५सय ८० मतभार रहेको छ। सरकारबाट फिर्ता भएपनि समर्थन कायम रहेको हुँदा रास्वपाको मत राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदान गरेको थियो।

यद्यपि उपराष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने औपचारिक घोषणा गरेको छैन ।आन्तरिक निर्णय गरेको बताएको छ । यद्यपि रास्वपाले सार्वजनिक घोषणा गरेको छैन।

सरकारलाई दिएको समर्थन फिर्ता गर्दै बाहिरिएको राप्रपाको मत २ हजार ४५० मतभार रहेको छ । राप्रपाले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ रहने घोषणा गर्दै मतदान प्रक्रियामा सहभागीे नहुने निर्णय गरिसकेको छ ।

सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीको मत ८९२ रहेको छ । उसले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवारलाई मत दिने निर्णय गरिसकेको छ। जनमत पार्टीसँग कार्यगत एकताको घोषणा समेत नागरिक उन्मुक्तिले गरेको छ ।

यस्तै जसपाको कुलमत २१ सय ४५ रहेको छ। उक्त पार्टीका उम्मेदवार रहेका यादवलाई जसपाको मत स्वतः जाने नै छ। आफूलाई प्रतिपक्षी दाबी गर्दै आएको र संसदीय हैसियत स्वतन्त्र कायम भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कुलमत २५४७ रहेको छ।

एकीकृत समाजवादीले सत्ता गठबन्धनको कुन उम्मेदवारलाई मत दिने यकिन गरिसकेको छैन ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जम्मा मत ९७१ रहेको छ। लोसपाले जनमत या जसपाको उम्मेदवारलाई मत दिने सार्वजनिक रुपमा यकिन गरेकाे छैन। तथापि लोसपा जनमत पार्टीसँग निकट रहेको छ । जनमत पार्टीसँग कार्यगत एकताको घोषणा गरेकाले जनमतकै उम्मेदवारलाई मत दिने निश्चितप्रायःछ।


Last Updated on: March 31st, 2023 at 3:48 pm
४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया