आइतबार ०७ आश्विन २०८०

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका लागि आजको दिन खुसी र पीडा संगै लिएर आउँछ ।

किनकी ४० वर्ष पहिला आजकै दिन उनीहरुको जिवनमा खुसी आएको दिन थियो । सीताले छोराका रुपमा प्रकाश दाहाललाई जन्म दिएकी थिइन् । तर आज उनी यो संसारमा छैनन् । आजको दिन सम्झँदा पक्कै पनि उनीहरुको मनमा आज भने पी’डाको अनुभव हुन्छ ।

PROMOTED CONTENTAdskeeper

Husband Divorces Wife After Looking At This Photo
391
98
130

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
83
21
28

Prince Harry And Meghan Markle Having Marriage Problems
730
183
243


प्रकाशको जन्मदिनमा उनकी पत्नी बिना मगरले एक भावुक स्टाटस लेखेकी छन् । छोराले प्रकाशलाई ‘श्रद्धाञ्जली’ स्वरुप पुष्प चढाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै उनले निकै भावुक शब्द लेखेकी छन्-

प्रिय प्रकाश, तिम्रो जन्मदिन मेरो निम्ति सधै गह्रौं पहाड बनेर आउँछ। संगै साचेको खुसिको प्याला आज मुटु जलाई जान्छ।

चौतर्फी प्रहार अनि चुनौतीमाझ संगालेको खुसी लिई मुस्कुराउन नपाई पोखिएको देख्दा मन भक्कानिएर आउँछ। तिम्रो सपना मेरा लागि सधैं अविस्मरणीय र चीरस्थायी हुनेछ।मेरो जीवन तिम्रो सपनाकै निम्ति खर्चनेछु।तिमीसँगको हरेक पल मेरो जीवनको प्रेरणा हुनेछ, हार्दिक श्रद्धासुमन प्रकाश १

प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्डको स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । तर अकास्मात हृदयघातका कारण उनको ‘निधन’ भएको थियो ।


Last Updated on: July 3rd, 2021 at 12:11 pm
६३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया