शनिबार २३ मंसिर २०८०

गोरखामा पहिरोले पु,रिं,दा एकै परिवारका दुई जनाको मृत्यु
July 3, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
१९ असार, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । उनीहरु श्रीमान-श्रीमती हुन् ।

इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले आज बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।

अषाढ १६ , सर्लाहीमा बन्दै गरेको पक्की पुल भत्किएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका वडा न ३, जब्दी भैरवपुर देखी ईश्वरपुर नगरपालिका को रामपुर जोडीने नदीमा निर्माणधिन पुल भत्किएको हो ।

करिब दूई बर्षदेखी निर्माण हुदै आएको पुल खोलामा पानीको बहाव बढेपछि भत्किएको स्थानीयहरुले बताएका छन ।

स्थानियको अनुसार भत्किएको पुल गुणस्तरहिन तरिकाले निर्माण भईरहेको थियो ।


Last Updated on: July 3rd, 2021 at 3:11 pm
४१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया