मंगलबार १२ मंसिर २०८०

टहरोमा टिपर खस्दा श्रीमान श्रीमतीको निधन
July 3, 2021 11
15
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा टिपर खस्दा गोठमा सुतिरहेका श्रीमान श्रीमतीको मृत्यु भएको छ।

कागेरवरी मनोहरा नगरपालिका वडा ५ साँखुमा बा५ ख २५११ नम्बरको टिर सडकबार खस्दा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार शनिबार बिहान सवा ४ बजे साँखु-चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।

वस्तु कुर्न गोठमा सुतेका श्रीमानश्रीमतीको मृत्यु भएको महानगरीय प्रहरी वृत्तका डिएपी ढुण्डी न्यौपानेले बताए। आज बिहान ४ बजे टिपर माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेका थियोI

मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। थली ओरालोमा आफैं अनियन्त्रित भएर टिपर पल्टिएको चालक घलानले बताएका प्रहरीले जनाएको छ।


Last Updated on: July 3rd, 2021 at 3:14 pm
४६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया