आइतबार १४ जेठ २०८०

धादिङ / अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिदा दुई जनाको मृ’त्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका- १० मा खसेको पहिराले चारवटा सवारी साधनमा क्ष’ति पुगेको हो ।

पहिराले क्ष’ति पुर्‍याएको चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षी’या सोनी देवीको मृ’त्यु भएको प्रह’रीले जनाएको छ ।

चेपाङको श’व ट्रकमा चे’पिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उप’चारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ । सडक अ’वरुद्ध हुँदा मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

त्यस्तै नारायणगढदेखि काठमाडौँसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिराले अवरुद्ध भएको छ । त्यस्तै धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अव’रुद्ध भएको प्रहरीले जानकारी दिएको छ । – रासस / फाइल’तस्बिर ।


Last Updated on: July 3rd, 2021 at 3:57 pm
३०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया