बिहिबार २५ जेठ २०८०

काठमाडौं, २३ चैत । रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमकाे अफर आएको छ ।

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरिएको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को बिच सम्झौता समाप्त हुन तीन महिनामात्र बाँकी रहेको बेला साउदी क्लबले किर्तिमानी रकममा अफर गरेको हो । मेसी र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदै छ ।

पीएसजीले मेसीसँगको सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको तथा स्पेनिस क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चाका बिचमा मेस्सीलाई साउदी क्लबको सो अफर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरबाट हाल खेलिरहेका छन्, अल नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्ध गरेको थियो । अर्जेन्टेनी स्टार मेस्सीलाई रोनाल्डोको भन्दा २०० मिलियन युरो बढी रकमको अफर आएको हो ।

नवलपरासी बर्दघाट सुस्तापूर्व०को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ ।उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक रु दुई लाखको लगानीमा व्यावसायिकरुपमा स्ट्रबेरी खेती सुरु गरिएको उहाँले बताउनुभयो । “प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको छ ।”

हालसम्म तीन क्विन्टलभन्दा धेरै स्ट्रबेरी स्थानीय बजारमा बिक्री भइसकेको किसान पराजुलीले बताउनुभयो । प्रतिकिलो रु छ सय का दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्रि भएको छ । “स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ”, उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको स्ट्रबेरी माघबाट उत्पादन भएको र बिक्री गर्न सुरु भएको छ, सुरुमा आठ सय प्रतिकेजी बिक्री गरेको र अहिले छ सय प्रतिकेजी बिक्री भइरहेको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।”

दुई कट्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादनबाट सन्तोषजनक आम्दानी पनि हुन थलोको छ । अहिलेसम्म रु दुई लाख आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको भनाइ छ । “इन्टरनेटको माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लाष्टिक टनेलमा चितवनबाट गत वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ”, उहाँले भन्नुभयो, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौ राम्रैसँग फल्न सुरु गरेको छ ।”

एउटै बोटमा एक केजीसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घर परिवारसगै एक जनालाई रोजगारसमेत दिएको पराजुली बताउनुहुन्छ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाई बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । आफ्नो जमिन नभए पनि दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरी, खरवुजा, ड्रागन खेती, कागती, बयर, शीतलचिनी खेती गरेको पराजुलीले बताउनुभयो ।

ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शङ्कर पौडलले बताउनुभयो । “फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ”, उहाँले भन्नुभयो, “हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र सातदेखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।”

पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइन्छ । स्ट्रबेरीलाई भुइँकाफल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिने जनाइएको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिन्छु भनेको अभिव्यक्तिविरुद्द गरेको रिटमाथि सर्वोच्चले आज सुनुवाइ गर्ने भएको हो ।

सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो।​ यद्यपि पछि पुन सर्वोच्चले नै उक्त निवेदनलाई दर्ता गर्न आदेश दिएको थियो ।

उक्त मुद्दाको रिट आज न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ। द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई पक्राउको आदेश माग गर्दै दायर गरेको थिए ।

सो रिट अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेका थिए । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको सर्वोच्च अदालतमा आजै सुनुवाइ गर्ने भएको छ ।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो ।

सोमबार दायर भउको उक्त रिट मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा आज पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधबारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

सो रिट पनि रिट फुयाँलकै बेन्चमा आठौँ नम्बरमा परेको जनाइएको छ ।

अधिवक्ता युवराज पौडेलले लामिछानेविरुद्ध आज दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

यसअघि नै उनले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो ।

उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन् ।

सन्दीपको मुद्दामा पनि आजै सुनुवाई

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम पनि आजै सुनुवाई हुँदैछ ।

यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

त्यसपछि आजका लागि सुनुवाइ पेसी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ गते सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए ।

पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो । तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

काठमाडौं। आज शुक्रबार मतदान भइरहेको उपराष्ट्रपतिको निर्वाचनमा तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये दुई जना महिला उम्मेदवार नै चुनावी मैदानमा रहेका छन्।

उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनका दुई घटक जनता समाजवादी र जनमत पार्टीबाट दुई जना उम्मेदवार नै चुनावी प्रतिस्पर्धामा रहेका छन्।

सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव चुनावी मैदानमा छन् यस्तै गठबन्धनकै एक घटक जनमत पार्टीबाट ममता झा समेत चुनावी मैदानमा रहेकी छिन् । एमालेबाट अष्टलक्ष्मी शाक्यले प्रतिस्पर्धा गर्दैछिन्।

यसअघि जसपाबाटै उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता गर्दै आफ्नै पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादवलाई समर्थन गरेको घोषणा गरिसकेकी छिन्। यद्यपि मनोनय फिर्ताको समयावधिपछि उम्मेदवारी फिर्ता लिएकी उनको उम्मेदवारको सूचीमा नाम यथावत नै रहेको छ।

शुक्रबार बिहानबाट मतदान सुरु भइसकेको छ। बेलुकासम्म मत परिणाम सार्वजनिक हुने बताइएको छ। तथापि दुई महिला उम्मेदवार मतदानबाट बत्तिचत रहेका छन्। संघीय सांसद र प्रदेश सांसद मतदाता हुने उपराष्ट्रपतिको निर्वाचनमा दुई महिला उम्मेदवारले आफूले आफैंलाई मतदान गर्नबाट बञ्चित रहेका छन्।

नेकपा (एमाले) बाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले मतदान गर्न पाउँदैनिन्। उनी संघ तथा प्रदेशतर्फ को सांसद होइनन्। त्यस्तै अर्की जनमत पार्टीकी उम्मेदवार ममता झाले समेत आफूलाई मतदान गर्न नपाउने भएकी छिन्। उनी पनि संघ तथा प्रदेश कतैको सांसद छैनन्।

दुबै महिला उम्मेदवार रहेका उनीहरु संघ तथा प्रदेशको सांसद नभएकाले आफैंले आफैलाई मतदान गर्ने अवसरबाट बञ्चित भएका हुन्।

आजको उपराष्ट्रपतिको निर्वाचनकाे मतदान प्रक्रियामा सहभागी संघीय संसद्का दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद र सातवटै प्रदेशसभाका सांसदहरु उपराष्ट्रपतिको निर्वाचनमा मतदाता रहने व्यवस्था छ। सोही अनुसार संघीय एक सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार हुन्छ।

सोही मतभार अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार सात सय सात रहेको छ। जसअनुसार २६ हजार ३५४ मत ल्याउने उम्मेदवार विजयी हुन्छ।
नेपाली कांग्रेससँग कुल मत १६ हजार २२१ मत रहेको छ । कांग्रेसले जसपाका उम्मेदवारलाई रामसहायलाई मत दिने औपचारिक निर्णय गरिसकेको छ ।

यस्तै एमालेको मतभार १५ हजार २३३ रहेको छ । एमालेकी उम्मेदवार शाक्यलाई नै उसको मत जाने निश्चित छ। माओवादीको जम्मा मत ७ हजार ७४५ रहेको छ । माओवादी हालसम्म कुनै उम्मेदवारको पक्षमा खुलेको छैन।

यस्तै दल राष्ट्रिय स्वतन्त्र पार्टीको १५सय ८० मतभार रहेको छ। सरकारबाट फिर्ता भएपनि समर्थन कायम रहेको हुँदा रास्वपाको मत राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनकै उम्मेदवारलाई मतदान गरेको थियो।

यद्यपि उपराष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने औपचारिक घोषणा गरेको छैन ।आन्तरिक निर्णय गरेको बताएको छ । यद्यपि रास्वपाले सार्वजनिक घोषणा गरेको छैन।

सरकारलाई दिएको समर्थन फिर्ता गर्दै बाहिरिएको राप्रपाको मत २ हजार ४५० मतभार रहेको छ । राप्रपाले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ रहने घोषणा गर्दै मतदान प्रक्रियामा सहभागीे नहुने निर्णय गरिसकेको छ ।

सरकारलाई सर्मथन गरेको नागरिक उन्मुक्ति पार्टीको मत ८९२ रहेको छ । उसले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवारलाई मत दिने निर्णय गरिसकेको छ। जनमत पार्टीसँग कार्यगत एकताको घोषणा समेत नागरिक उन्मुक्तिले गरेको छ ।

यस्तै जसपाको कुलमत २१ सय ४५ रहेको छ। उक्त पार्टीका उम्मेदवार रहेका यादवलाई जसपाको मत स्वतः जाने नै छ। आफूलाई प्रतिपक्षी दाबी गर्दै आएको र संसदीय हैसियत स्वतन्त्र कायम भएको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को कुलमत २५४७ रहेको छ।

एकीकृत समाजवादीले सत्ता गठबन्धनको कुन उम्मेदवारलाई मत दिने यकिन गरिसकेको छैन ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जम्मा मत ९७१ रहेको छ। लोसपाले जनमत या जसपाको उम्मेदवारलाई मत दिने सार्वजनिक रुपमा यकिन गरेकाे छैन। तथापि लोसपा जनमत पार्टीसँग निकट रहेको छ । जनमत पार्टीसँग कार्यगत एकताको घोषणा गरेकाले जनमतकै उम्मेदवारलाई मत दिने निश्चितप्रायःछ।

 


Last Updated on: April 6th, 2023 at 11:01 am
९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया