मंगलबार १६ आश्विन २०८०

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ आनी छोइङ डोल्माले गाएको यो गीतका अनुसार हरेक बस्तुको सुन्दरता हेर्ने दृष्टिकोण अनुसार फरक हुन्छ । अर्थात तपाँईको हेर्ने नजर राम्रो भए कुनै पनि चिजलाई राम्रो देखिन्छ । नजर नराम्रो भए नराम्रै देखिन्छ ।

तर, आधुनिकता र बदलिंदो परिस्थितिसंगै यस खाले सर्वमान्य सत्यहरुको महत्व पनि घट्ने रहेछन भन्ने उदाहरण सार्वजनिक भएको छ । खासगरी कुनै पनि महिलाको सौन्दर्य मापन गर्न थुप्रैले थुप्रै खाले विधिहरु अपनाए पनि बन्द हलको मञ्चमा गरिने सौन्दर्र्य प्रतियोगिताहरुलाई केही न केही महत्व दिंदै आएको हामी पाउँछौं ।


तर अब यस्ता सौन्दर्य प्रतियोगिताहरु पनि आधारहिन बन्ने पक्का भएका छन । किनकी महिलाको सुन्दरता मापनको क्षेत्रमा विज्ञानले हात हाल्न थालिसकेको छ । अर्थात महिलाको सौन्दर्यकाे मापनका लागि वैज्ञानिकहरुले अध्ययन शुरु गरिसकेका छन ।

यसको ज्वलन्त उदाहरण हो हलिउड अभिनेत्री, टेलिभिजन प्रस्तोता र मोडल केली ब्रुक । आफ्नो ४०औं जन्मोत्सव मनाइसकेकी केली सन १९९८ देखि नै फेसन म्यागजिन एफएचएमको सबैभन्दा से क्सी महिलाको सूचीमा सुचिकृत छिन । सन २००५ मा उनी यो सूचीको शीर्ष स्थानमा पुगेकी थिइन ।

फेसन म्यागजिनहरुमा मात्र नभै वैज्ञानिक विश्लेषणका आधारमा पनि केली ब्रुक उत्कृष्ट जिउडाल भएकी सुन्दर महिला सावित भएकी छिन । आज भन्दा ४ बर्षअघि अमेरिकाको युनिभर्सिटी अफ टेक्ससका केही अनुशन्धानकर्ताहरुले गरेको अध्ययनबाट केली उत्कृष्ट जिउडाल भएकी सुन्दरी सावित भएकी थिइन ।

अनुशन्धानकर्ताहरुले केलीको शरीरका विभिन्न अंगहरुको मापन गरेका थिए । केलीको उमेर, अनुहार, ओंठ, नाक र कपालको पनि अनुशन्धानकर्ताहरुले अध्ययन गरेका थिए । केलीले अनुशन्धानकर्ताहरुसंगको अन्तर्वार्ताका क्रममा आफुले कुनै प्लाष्टिक सर्ज-री या अन्य कुनै कृत्रिम प्रविधिको प्रयोग नगरेको बताएकी थिइन । जुन कुरा परीक्षणका क्रममा पनि सत्य सावित भएको थियो ।

यद्यपी केलीले आफ्नो क्यारियर निर्माणका क्रममा आफ्नो जिउडालमा आएका थुप्रै उतार चढावहरुको सामाना गरिसकेकी छिन । हलिउड चलचित्रमा काम गर्ने बेला उनको शरीर स्लिम थियो । यसका अलावा मोडलिङका क्रममा पनि उनको शरीरको प्राकृतिक अवस्था भन्दा पातलो हुन पटक पटक दवाब आइरहन्थ्यो । आफुलाई स्लिम बनाउने क्रममा उनले निकै तनाव खेप्नु परेको केली ब्रुकको अनुभव छ ।

हलिउडको यात्रामा खासै जम्न नसकेपछि केली टेलिभिजन प्रस्तोता बन्न पुगेकी थिइन । यसपछि उनको शरीर त्यसअघिको जस्तो स्लिम अर्थात दुब्लो पातलो अवस्थामा रहेन । केलीको जिउडाल पुनः प्राकृतिक रुपमै फर्कियो । यद्यपी उनले आफ्नो फिट्नेश बारे कहिल्यै हेलचक्र्याँई गरिनन् ।

४० बर्षको उमेरसम्म आइपुग्दा पनि फेसन पत्रकारहरुले उनलाई पछ्याउन नछाडेको

जसअनुसार ४० बर्षमा टेक्दा पनि केली ब्रुक उत्तिकै हट र सेक्सी देखिन्छिन । केलीको सुन्दरता बारे भएको वैज्ञानिक अध्ययनलाई लिएर केही फेसन म्यागजिनका सम्पादकहरुले आश्चर्य ब्यक्त गरेका छन । किनकी सुन्दरता भनेको विशुद्ध सामाजिक र साँस्कृतिक पक्षसंग जोडिएको विषय हो ।

तर केलीको हकमा उनको सुन्दरताको मापनका लागि वैज्ञानिकहरु नै अग्रसर भएपछि ४० बर्षको उमेरसम्म आइपुग्दा पनि फेसन पत्रकारहरुले उनलाई पछ्याउन नछाडेको वर्ल्ड टुडे न्युजले जनाएको छ ।

 

 

 

 

 


Last Updated on: April 23rd, 2021 at 1:41 am
६७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया