आइतबार ०७ आश्विन २०८०

कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गो ली हानी ह*त्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल-भारत सिमाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

PROMOTED CONTENTAdskeeper

Husband Divorces Wife After Looking At This Photo
313
78
104

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
432
108
144

Prince Harry And Meghan Markle Having Marriage Problems
765
191
255
छोराले विदेशमा राम्रो काम नपाएपछि उनका बुवाले वैदेशिक रोजगारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गो ली हानी ह त्या गरेका छन्। २०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गो ली हा नी ह त्या गरिएको थियो। ह त्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि हिरासत लिइएको भण्डारीले बताए।

पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए। कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए। बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता माग्न थाले ।

भण्डारीका अनुसार पटक-पटक पैसा नपाएपछि उनलाई कुर्मीले मा र्ने योजना बनाए। यसमा कुर्मीसहित तीन जना व्यक्ति प्रतिवादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर ह त्याको योजना बनाएका थिए ।

त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए। उनीसँग वादविवाद गर्दै पैसा फिर्ता मागेका थिए। तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तोलबाट गो ली हानी ह त्या गरेको भण्डारीले बताए ।

गोली हानेपछि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए । गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फोटक पदार्थ प ड्काएर मोटरसाइकल चढेर भागेको भण्डारीले बताए । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको भण्डारीले बताए ।


Last Updated on: July 4th, 2021 at 2:18 am
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया