
वैदेशिक रोजगारीले आशालाई दिएको पीडा : सडकमै जन्माइन् बच्चा, के हो उनको जिवनको कथा ?
July 4, 2021 30
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । अविरल परेको बर्षातका कारण विपी राजमार्ग अवरुद्ध हुँदा २१ बर्षिया महिलाले सडकमै बच्चा जन्माउनु भएको छ । जन्मिएको बच्चाको बाबु अस्पस्ट भएकाले महिलाले जन्माएको बच्चा छाडेर हिँडे पनि अलपत्र परेका यात्रुहरुको सहयोगमा प्रहरीले उद्धार गरेको छ । महिला र बच्चा दुवैको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
‘सडक अवरुद्ध भएर रोकिएको बसको यात्रुले सडकमै बच्चा जन्माएको सूचना प्राप्त भए लगत्तै प्रहरी उद्धारमा खटियो’–जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रिले भन्नुभयो–‘महिला र बच्चा दुवैको यात्रु र स्थानीयको सहयोगमा सकुशल उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।’ महिला र उनको बच्चाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख एसपी खत्रीले जानकारी दिनु भयो ।
महिला र बच्चाको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं सूचना अधिकारी हरि खतिवडाको टोली घटनास्थल पुगेको थियो भने रोशी गाउँपालिका अध्यक्ष डिबी लामा, स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, मंगलटार प्रहरी चौकी तथा अन्य सर्वसाधारणले पनि उद्धारका लागि सहयोग गरेका थिए । खोटाङ् घर भएकी २१ बर्षिया आशा राईले रोशी गाउँपालिकाको माम्ती खोला नजिकै पाखोमा शनिबार विहान बसबाट पिसाव फेर्न जाँदा बच्चा जन्माएर छाडेको अवस्थामा अन्य यात्रुहरुले फेला पारेका थिए । अलपत्र परेका अन्य यात्रुले बच्चाको साल नाल का टी दुध चु सा एर महिला र बच्चा दुबैको उद्धार गरेका थिए ।
रोजगारको सिलसिलामा आशा ओमन पुग्नु भएको थियो । त्यहाँ रहँदा उहाँको कपिलबस्तु घर भएका केटासँग चिनजान भयो । अन्ततः उनिहरु लिभिङ्ग टुगेदरमा बस्न थाले । केटा उतै रहे आशा घर फर्कनु भयो । नेपाल फर्किए पछि सँगै बस्ने र विवाह गर्ने कसम खाएका थिए । नेपालमा निषेधाज्ञा तथा विविध कारण लिभिङ्ग टुगेदरमा रहेका साथि फर्किएनन् । त्यसपछि आशालाई परेको थियो यस्तो बाध्यता । नेपाल समाचारपत्रमा समाचार छ ।