
मुगु / सरकारले एक वर्ष बितिसक्दा पनि मुगुका बालबालिका, बूढाबूढी, अपांग, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएको छैन । नेपाल सरकारले पोषिलो खानेकुरा र न्यानो कपडा लगाउन सामाजिक सुरक्षा भत्ता दिने भनेपनि एक वर्ष बितिसक्दा पनि नदिइए पछि सुरक्षा भत्ता पाउनेहरु पी’डामा परेका हुन् ।
एक वर्षअघि ५ बर्ष मुनिका बालबालिकालाई पोषण खर्चबापत मासिक ४ सय, ६० बर्ष पुगेका जेष्ठ नागरिकलाई मासिक २ हजार, ७० वर्ष माथिका जेष्ठ नागरिकलाई ३ हजार, आंसिक अपाङ्गलाई १ हजार ६ सय, पूर्ण अपाङ्गलाई ३ हजार, एकल महिलालाई २ हजार सामाजिक सुरक्षा भत्ता दिने भनेको थियो ।
सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारमार्फत वितरण हुने भनिए पनि मुगुमा अझैँसम्म वितरण गरिएको छैन । खत्याड गाउँपालिकालाई यस विषयमा सोधपुछ गर्दा बैंकमा खाता खोल्न समस्या भएको भन्दै सामाजिक सुरक्षा भता विवतरणमा ढिलाइ भएको जनाएको छ ।
तर, भत्ता पाउनेहरु गाउँपालिकाको उक्त भनाइप्रति विरोध जनाउछन् । उनीहरुका अनुसार बैंकमा गएर खाता खोलिसकिएको अवस्थामा पनि अझैँ रकम दिइएको छैन । साथै, बैंकमा गएर पटक पटक खाता चेक गर्दा पनि रकम नहालेको भन्ने सूचना उनीहरुले पाएका छन् ।
उता, गाउँपालिकाले सरकारी नीति नियमअनुसार बैंकिङ प्रणालीमार्फत काम गर्दा ढिलाई भएको उहीँ पूरानो भनाइ दोहोर्याएको छ ।
गाउँपालिकाका अनुसार बैंकबाट सबैलाई रकम भुक्तानी गर्नुपर्ने भएकाले सबैको खाता खेल्न समय लागेको, खाता खोल्दा धेरैको उमेरमा समस्या देखिएको र बैंकमा खाता खोल्दा इन्टरनेटको समस्याका कारण तत्काल रकम जम्मा गर्न सकिएको छैन ।
यसैगरी कार्यालयमा कर्मचारी (जनशक्ती) कमी हुँदा पनि एक दिनको काम झण्डै हप्ता दिन लाग्ने गरेको गाउँपालिकाका उब्जन बहादुर शाही बताउछन् ।
उनका अनुसार हाल खत्याड गाँउपालिकामा बाल सामाजिक सुरक्षा भत्तातर्फ ५४ जना, ७० वर्ष माथिका जेष्ठ नागरिकतर्फ २१ जना, ६० वर्ष भन्दा माथिका ६४ जना, अपाङ्ग ६२ जना र एकल महिला १ सय ३३ जना गरी २ सय ३४ जना रहेका छन् ।
उनीहरुले एक वर्षको सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । नपाएको समेत गाँउपालिकाका अध्क्षय शाहीले बताएका छन् । – news24 nepal बा’ट / फाइल’तस्विर ।