मंगलबार २३ जेठ २०८०

एजेन्सी / सरकारी शिक्षकका लागि निवेदन खुलेको थियो । उनले त्यसका लागि निवेदन दिएकी थिइन् । तर उनको अन्तरवार्ता र अन्य प्रकृयाको काम संयोगले विवाहकै दिन तय भयो ।

भारत रामनगर, गोंडाको बाराबंकी निवासी प्रज्ञा तिवारीले हातमा मेहंदी लगाएकी थिइन् । उनको कपाल पनि वेहुली झै सजिएको थियो । तर उनी जागिरको लागि फारामको तयारी गरिरहेकी थिइन् ।

प्रज्ञाको सोही दिन विवाह भएको थियो । उनी विवाहकै दिन विहान पतिलाई मण्डपमै छोडेर गाण्डा बीएसए अफिसको लागि प्रस्थान गरिन् ।परामर्श मिति तय भएका कारण उनले विवाहका धेरै रित छोडिन् ।

उनले पतिसंग ७ फेरा लिइन् अनि बेहुलालाई मण्डपमा छोडेर कागजात बोकेर हिडिन् । प्रज्ञा अन्तरवार्ता र अन्य प्रकृयाका लागि लाइनमा बसीन् र उनका कागजातहरू जाँच गरी रसिद लिइन् । प्रज्ञाको अनुहारमा दोहोरो खुशी देखिन्थ्यो ।

प्रज्ञा भन्छिन् कि उनीलाई विवाह भन्दा उनको भविष्यको महत्व ठूलो लाग्छ । त्यसैले उनी आफ्नो दुलहालाई मंडपमा उनको प्रतिक्षामा छोडेर कामको खोजीमा आइन् । विवाहको बाँकी कामको लागि घरमा सबै जना पर्खिरहेका छन् । जब दुलही, प्रज्ञा फर्केर आइन् बाँकी विवाहको काम पुरा भयो ।

प्रज्ञा विश्वास गर्छिन् कि उनको दुलहा उनको लागि धेरै भाग्यवान छन् कि उनले फेन्डलीको जीवनमा आएपछि मात्र जागिर पाइन् । उनले आफ्नो यो उदाहरण अन्य अभिभावका लागि पनि भएको बताइन् ।

उनले भनिन्, सबै अभिभावकले आफ्नो छोरीको भविष्यलाई महत्व दिउन् । आफुलाई सहयोग गरेकोमा उनी आफ्ना बुवाआमा प्रति निकै नतमस्तक छन् ।

आधारभूत शिक्षा अधिकारीले पनि प्रज्ञालाई बधाई दिँदै विवाहको दिनमै भएको अन्तरवार्तामा उनी सफल भएको बताए । प्रज्ञा सरकारी जागिर निश्चित भए पछि श्रीमान्को घर बाराबन्की गइन् । प्रज्ञालाई आधारभूत शिक्षा विभाग, गोंडामा शिक्षकको रूपमा नियुक्त गरिएको छ । – ईताजा खब’रबाट ।


Last Updated on: July 4th, 2021 at 12:01 pm
१२१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया