आइतबार ०७ आश्विन २०८०

तपाईका आफ्नै यस्ता गल्तीहरुले भुँडी बढिरहेको छ ! यसरी ध्यान दिनुहाेस
July 4, 2021 40
काठमाडौ । मोटोपनि अहिलेको अधिकांशको समस्या हो । के तपाइँकोपनि भुँडी बढिरहेको छ ? अझ विभिन्न कोशिस गर्दा पनि भुँडी घटिरहेक छैन ? खाना घटाउँदा पनि मोटोपन घटेको छैन ? यदि यी प्रश्नको जवाफ ‘हो’ मा आउँछ भने तपाइँले केही गल्ती गरिरहनु भएको छ । हामीले दैनिक जीवनमा गर्ने ४ कारणले हाम्रो मोटोपन र भुँडी नघट्ने तथ्य पत्ता लागेको छ ।

पहिलो कारण दिमाग
धेरै मानिसलाई लाग्छ मोटोपन घटाउने तरिका खाना घटाउनु हो । तर तपाइँको दिमागले यो कुरामा विश्वास गर्दैन । यसकै कारण खाना घटाउन खोजेपनि हामीलाई भोक लागिरहन्छ । अमेरिकाको रकफेलर युनिभर्सिटीका बैज्ञानिकहरुले मोटोपन भएर मानिसले डाइटिङ गरेर शरीर घटेपनि केही समयमै वजन दोब्बर सम्म बढ्ने तथ्य पत्ता लगाएका छन् । मोटोपन घटाएको खुसियालीमा मन लागेका खाना खाँदा मात्रा बढेको चाल नपाउँदा मोटोपन ह्वात्तै बढ्छ ।

खानाको भ्रम
यदि दिमागमा निरन्तर तनाव चलिरहन्छ भने यस्ता मानिसले डाइटिङ गर्दा समेत मोटोपन घटाउन सक्दैनन् । तनावका कारण मानिसको वजन आफै बढ्ने एक अध्यनले देखाएको छ । हामीले खाएको खाना तनावका कारण स्ट्रेस हर्मोनमा परिणत हुने र यसले हाम्रो भुँडी झोलिने बैज्ञानिकहरुको भनाइ छ । तसर्थ टेन्सन लिनु पनि मोटोपन बढाउनु हो ।

दिमागी गतिविधी
हाम्रो दिमागमा कुनै न कुनै कुरा चलिरहेको हुन्छ । यदि तपाइँ डाइटिङ गर्न चाहनुहुन्छ भने तपाइँको नजरमा मिठा मिठा खानेकुरा देखिन थाल्छन् । यो तपाइँको नभएर दिगगकै गतिविधीका कारण हुन्छ । शरीरमा हुने फ्याट हर्मोनले भुँडी झोलिने समस्या हुने बैज्ञानिकहरुले बताएका छन् । यो हर्मोनले हाम्रो दिमाग सम्म शरीरमा कति क्यालोरी छ र कति थप आवश्यक पर्छ भन्ने कुराको सन्देश गलत दिने गर्छ ।

डाइटिङको उल्टो असर
जसले डाइटिङको माध्यमबाट शरीरको तौल घटाउन खोजिरहेको हुन्छ उसले जीवनशैलीमा ध्यान निदिँदा उल्टै वजन बढाउँछन् । खासगरी डाइटिङकका नाममा भोकै बस्ने र कुनै बेला अनियमित तरिकाले धेरै खाने भयो भने शरीरमा वजन वृद्धी हुन्छ


Last Updated on: July 4th, 2021 at 4:21 pm
७३० पटक हेरिएको

तपाईको प्रतिक्रिया