
रुपा सुनारले शिक्षामन्त्री श्रेष्ठ विरुद्ध सर्वोच्चमा रिट दर्ता गरीन्
July 4, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौँ — जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठ विरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।
थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएको थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।
शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
काठमाडौं । यातायाता व्यावसायीहरुले प्रशासनलाई सोमबारबाट सबै खालका गाडि चलाउने चेतावनी दिएका छन् । व्यावसायीहरुले बिहीबार काठमाडौंका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भेटेर प्रशासनको निर्देशन नमान्ने चेतावनी दिएका हुन् । बिहीबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग व्यावसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूबीच छलफल भएको थियो ।छलफलका क्रममा उनीहरुले आइतबारसम्म पर्खन सक्ने त्यसपछि निर्देशन अवज्ञा गरेरै भएपनि सबै खालका गाडी चलाउने उनीहरुले बताएका हुन् । जोर बिजोर पद्धतिलाई वास्ता नगरी कोरोनाको महामारीको अवस्था हेरेर सोमबारबाट सबै सवारी संचालन गर्ने उनीहरुको भनाइ छ ।यसअघि उनीहरुले शुक्रबारबाटै लामो तथा छोटो सबै खालका सवारी संचालन गर्ने बताएका थिए । तर उनीहरु प्रशासनको निर्देशनलाई पालना गर्दै रोकिएका हुन् ।