बुधबार १० आश्विन २०८०

बलिवुडका चर्चित अभिनेता अमिर खानले आफ्नी श्रीमती किरण रावसंग डिभोर्स गर्ने भएका छन । अभिनेता खान र किरण दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै दुईजनाको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । ‘हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमका साथ एकसाथ अगाडि बढेको थियो तर अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ ।’ – संयुक्त विज्ञप्तिमा लेखेका छन । उनिहरु बाकी जीवन पतिपत्नीको रुपमा नरहे पनि मातापिता र परिवारको रुपमा भने रहने बताएका छन ।

उनीहरुको बैबाहिक जीवनको अन्त्य भएपनि आफ्नो सन्तानप्रति भने सधै समर्पित रहने समेत वाचा गरेका छन । अमिर र किरणको एउटा मात्र छोरा एजाज रहेका छन । उनीहरु केहि समय पहिले देखिने अलग हुने निर्णयमा पुगेको भए पनि औपचारिक रुपमा भने घोषणा गरेका थिएनन । उनीहरुको बैबाहिक सम्बन्धको अन्त्य भएपनि काममा सहकार्य गर्ने बताएका छन । यो अभिनेता आमिर खानको दोस्रो डिभोर्स हो । उनले पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद गरेका थिए । किरणसंग उनले सन् २००५ मा विवाह गरेका थिए । उनीहरुले डिभोर्स गरेपछि अमिर खानले पहिलो पटक सार्बजनिक रुपमा आफ्नो अभिव्यक्ति पनि दिएका छन । भिडियो यहाँबाट हेर्नुहोस


Last Updated on: July 4th, 2021 at 6:26 pm
४६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया