
काभ्रे प्रहरीद्वारा सुत्केरी आमा र बच्चाको उद्धार, प्रहरीकै सक्रियतामा अस्पताल भर्ना
July 4, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काभ्रे । पछिल्लो समय काभ्रेमा प्रहरीको सक्रियता बढ्दै गएको छ । बाढी पहिरोका कारण सडक अबरुद्ध भएपछि सडकमै जन्म दिएकी महिला र शिशुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले उद्धार गरी अस्पताल भर्ना गरेको छ ।
शुक्रबारदेखि निरन्तर परेको पानीले गर्दा जिल्लाको रोशी गाउँपालिका-१२ माम्ती खोलामा बाढी पहिरोका कारण बि.पि.राजमार्ग सडक खण्ड शनिबार बिहानदेखि नै अबरोध भएको थियो । सडक अवरुद्ध हुदाँ सिन्धुलीतर्फबाट आईरहेका सवारी साधानहरु र यात्रुहरु जाममा परेका थिए ।
जाममा परेको सवारीहरुमध्ये एक भाडाको बसमा सवार गर्भवती महिला पनि थिइन् । पहिरोले सडक अवरुद्ध भएकाले लामो समयसम्म जाम खुल्न सकेन । काठमाण्डौ तर्फ आउदै गरेकी गर्भवती महिलालाई सुत्केरी व्यथा लाग्न सुरु भयो । उनले सोही स्थानममै नवजात शिशु (छोरी) लाई जन्म दिइन् । उक्त स्थानमा खटिएको प्रहरी टोलीले महिला र नवजात शिशुको उद्धार गरी प्रहरीको मोबाईल गाडीमा राखी उपचारको लागि धुलिखेल अस्पतालमा पुर्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयको समन्वयमा उक्त अस्पतालको अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) द्वारा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । अहिले आमा र शिशु दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Posted in समाचार