
अब काम गर्ने पालो मेरो : रवि लामिछाने ( भिडियाे )
काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
साेमवार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार दुइ पैसाले बढेको अमेरिकी डलर सोमबार भने स्थिर रहेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोहि मूल्यमा यसको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो ६४ पैसाले वृद्धि भएको छ । सोमबार युरो एकको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ २० पैसा कायम गरिएको थियो।
सोमबार बेलायती पाउण्ड स्टर्लिङ एक रुपैयाँ ७१ पैसाले बढेको छ। यसको खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ एक पैसा तोकिएको छ। आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ४६ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।