बिहिबार २५ जेठ २०८०

रवी लामीछानेको जितमा चितवनवासी लाई संबोधन ( भिडियाे )

काठमाडौं, १८ बैशाख । पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा लोरिएन्टसँग पराजित भएको छ ।

फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमा लोरिएन्टसँग ३–१ ले पराजित भएको हो ।

पार्क डेस प्रिन्सेस पेरिसमा आइतबार राति भएको खेलको १५औं मिनेटमा एन्जो लि फिको गोलबाट लोरिएन्टले सुरुवाती अग्रता लिएको थियो । तर, २९औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याई दिए ।

 

डारलाइन योङ्वाले ३९औं मिनेटमा थप गोल गरे पछि लोरिएन्ट पहिला हाफमा २–१ को अग्रता लिन सफल भयो ।

 

डिफेन्डर अचरफ हाकिमी १५ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै २० अैां मैदानबाट बाहिरिनु परेको थियो । जसकाकारण पनि लोरियन्टसँग पिएसजीले १० खेलाडीमा सिमित भएर खेल खेल्नु परेको थियो ।

 

उता, खेल सकिन केही समय बाँकी रहदाँ ८८औं मिनेटमा एहमाडोउ बम्वा डिइङले गोल गर्दै लोरिएन्टले ३–१ को अन्तर कायम गर्न सफल भयो । त्यसपछि कतैवाट पनि गोल हुन सकेन । र, घरेलु मैदानमा पिएसजी ३–१ ले पराजित हुन पुग्यो ।


Last Updated on: May 1st, 2023 at 12:10 pm
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया