बुधबार १० आश्विन २०८०

वि.सं.२०७८ साल असार २१ गते । सोमबार । ईश्वी सन् २०२१ जुलाई ०५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– एकादशी,बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– भरुणी,दिउसो ०१ बजेर ४० मिनेट उप्रान्त कृतिका । योग– धृति,दिउसो ०३ बजेर ३४ मिनेट उप्रान्त शूल । करण– बव,बिहान १० बजेर ०० मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मेष,बेलुकी १८ बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर २७ मिनेट । योगिनी एकादशीव्रत ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । माया प्रेमको यात्रामा उतार चडाब आउने योग रहेकोछ भने जीवन साथि सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा बृद्धि भई मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहोलमा जमघट भई रमाईलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि हुने तथा मनग्गे नाँफा कमाउँन सकिनेछ । आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।

यो पनि – साप्ताहिक राशिफल हेर्नुहोस : असार २० गते आईतबारदेखी असार २६ गते शनिबार सम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ) आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । पढाई लेखाईमा प्रगति हुने हुनालेआफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । मंगलबार तथा बुधबारको समय त्यति राम्रो नभएकोले बाहिरि बाताबरणमा घुलमेल हुन नसक्दा तथा खानपानको तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँनेछ ख्याल गर्नुहोला । बैदेशिक सामानको ब्यापार ब्याबसाय फस्टाएर जानेछ भने लामोदुरिको यात्रा हुनेछ । बिहिबार देखि पुनह समय तपाईकै पक्षमा आई कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) अधिकार प्रप्तिको संघर्षमा प्रतिश्पर्धिहरुलाई पाखा लगाई आफ्नो पक्षमा नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईनै अग्र पंत्तिमा आउनु हुनेछ । पारिवारिक माहोल तथा सांगितिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । अधुरा कामहरु पूरा हुनुका साथै नयाँ नयाँ काम गर्ने अवसरहरु आउँनेछन् । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बिहिबारबाट खर्च स्थानमा गएको चन्द्रमाले अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) साताको शुरुवात तथा आईतबार तथा सोमबारको समय राम्रो नभएकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । धार्मिक अनुश्ठान तथा शैक्षिक यात्राको गतिलो सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । मंगबारदेखि समय परिवर्तन भई समाजमा राम्रो छाप पर्ने कामहरु हुने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा केहि कदम अगाडि बढि नतिजा आफुतिरै ल्याउँन सकिनेछ । पैतृक धन तथा सम्पति हातलाग्ने योग रहेको छ भने प्राकृतिक स्रोत साधन तथा खनिज पदार्थको ब्यापार ब्याबसाय फस्टाएर जानेछ ।

कर्कट (ही, हू ,हे, हो,डा,डी,डु,डे,डो) साता मध्ययम रहेकोले धर्मका नाममा गलत ब्याक्तिहरुले तपाईलाई प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । व्यावसायमा प्रशस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनालेमन चिन्तित रहेने छ । सरकारि तथा प्रशासनिक क्षेत्रमा कामगर्दा ध्यान दिनुहोला झन्झटिलो प्रकृया अवलम्बन गर्नु पर्ने तथा अनाबस्यक मुद्दा मामिला बेहोर्नु पर्ने हुनसक्छ । सामाजिक कामको सिलसिलामा दिनभर ब्यस्त भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । सामाजिक कामहरु बिग्रने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निर्णायक तहमा बसेर महत्वपुर्ण निर्णयहरु गरेपनि गलत म्यासेज जानेहुदा आलोचना सहनु पर्नेछ । प्रेम प्रशङगमा अतितका यादहरुले झस्काउँदा मनमा नमिठो अनुभुति हुनेछ । आम्दानि भन्दा खर्च बढ्ने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे) जीवन साथिसँग रमाईलो स्थानको अवलोकन गर्न लामो दुरिको भ्रमण तय हुनेछ भने ब्याबसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सामुहिक लगानि कर्ता भेला पारेर नया व्यावसाय थालनि गर्दा लामो समय सम्म आम्दानि भईरहनेछ । पढाई लेखाईमा ध्यान जानेछ भने उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । बिभिन्न अवसर आउँने तथा ति अवसरहरुलाई सदुपयोग गरि बिलाशि जीवन ब्यातित गर्न सकिनेछ । मंगलबारदेखिको समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले बिभिन्न अवसरहरु गुम्नेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । निर्णायक पदमा हुनुहुन्छ भने तपाईबाट समाजलाई असर पर्ने घातक निर्णयहरु हुनसक्छन् ध्यान दिनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । खोज तथा अनुशन्धानका क्षेत्रमा समय लगानि गरेपनि लक्ष्य अनुरुप काम सम्पन्न गर्न कठिन हुनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । यात्राका क्रममा बिभिन्न समस्याहरुको फेस गर्नुपर्दा मन चिन्तित हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) प्रतिश्पर्धाको लडाईमा तपाईको नाम अग्र पंत्तिमा आउँनेछ भने न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यावसायमा समय तथा परिस्थितिको अध्ययन तथा बिश्लेषण गरि लगानि बढाउँदा प्रसस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुबाट भौतिक सम्पति तथा उपाहार पाईने हुदा मन प्रशन्न रहनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो अझ गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ । राजनिति तथा समाजसेवामा जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ भने भबिश्यको लागि समर्थन बटुल्ने मौका मिल्नेछ । बिद्यामा तपाई अब्बल साबित हँनुहुनेछ । बिहिबारदेखि समय तपाईको पक्षमा नहुने हुनालेसमयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,त) साताको शुरु अर्थात आईतबार तथा सोमबारको समय त्यति राम्रो नभएकोले बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझउनु पर्नेछ । अध्ययन अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले बिग्रने तथा नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेम प्रशङमा शंका तथा अबिश्वास सिर्जना हुनेछ भने तपाईको दाम्पत्य जीवन बिगार्न आफन्त तथा घर भित्रकै मानिसहरु लागि पर्नेछन् । मंगलबारदेखि समयमा सुधार आई राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले आज बिपक्षीहरुलाई सजिलै हरायर समाजमा आफ्नो प्रभुत्व जमाउँन सकिनेछ । व्यापारमा प्रशस्त लगानि बढाउन सकिने हुदा आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । बिद्यामा चाहेजस्तै प्रगति गर्न सकिनेछ । कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंषा गर्दै हिड्नेछन । ऋण,रोग तथा सत्रुबाट छुटकरा मिल्नेछ । भौतिक सम्पति लाभ हुने तथा आफुले चाहेको बस्तु पाउँन सकिने हुदा मन खुसि रहनेछ । पारिवारिक बाताबरणमा रमाईलो यात्राका क्रममा मिष्टान्न भोजनका साथ मनमोहक दृष्यहरुको अवलोकन गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू) साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुनालेमन बिचलित हँुनेछ । अध्यान तथा अध्यापनमा खासै मन नजाने हुनालेअरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा आम्दानि बढाउँन निकै नै संघर्ष गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । प्रेममा एक अर्कालाई शंकाको नजरले हेर्दा सामान्य मनमुटाव सिर्जना हुन सक्छ । बिहिबारदेखि समयमा सुधार आई आफुले मन पराएको मानिससँग दिनभरु सँगै बस्न पाउँदा मन प्रशन्न रहनेछ भने घर परिवारमा तथा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । माया तथा मावलि पक्षबाट सहयोग प्राप्त हुने तथा मिलेर गरिने कुनै पनि कामहरु फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । जन सम्पर्क बढ्ने तथा दाजुभाई, छिमेकिबाट काममा भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । छोटो,रमाईलो तथा अर्थपुर्ण यात्राको तय गर्न सकिनेछ । मंगलबार तथा बुधबार समय तपाईको पक्षमा नहुने हुनालेबाहिरि वाताबरणबो ख्याल गर्नुहोला श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका हुन सक्छ सजक रहनुहोला । पढन पाढनमा समय दिन सकिने अवस्था रहने छैन भने आफन्त तथा घर परिवारमा उपस्थिति जनाउँन नसक्दा तपाईदेखि टाडिन सक्छन् ख्याल गर्नुहोला । बिहिबारदेखि समय परिवर्तन भई प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी) सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रशस्त समय खर्चनु पर्नेछ । मंगलबारदेखि समय परिवर्तन भई मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । कृषि तथा पशुपालन ब्याबसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्ने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबारबाट केहि मात्रमा लाध लिन सकिनेछ । साताको अन्तमा आफन्त सँग छुट्टियर टाडाको यात्रा गर्दा मनमा खिन्नता पैदा हुनेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुका लागि आजको दिन राम्रो रहेको भने प्रशस्त आम्दानि गर्न सकिनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । मंगलबारदेखि समय त्यति राम्रो नभएकोले खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । आन्तरिक यात्राको तय हँुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हँुनेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् ।

मीन (दी दू थ झ ञ दे दो, चा ची) आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मंगलबार तथा बुधबार समय तपाईको पक्षमा नहुने हुनालेसामाजिक काम बिग्रने तथा मान सम्मानमा आघात पुग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बल्भनेहुदा काम गर्न असजिलो महशुष हुनेछ । घर परिवार तथा आफन्तलाई छाडेर लामो दुरिको यात्राको तय हुनेछ । बिहिबारदेखि समय पुनह तपाईकै पक्षमा आई नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।


Last Updated on: July 5th, 2021 at 12:07 am
२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया