शुक्रबार ०५ आश्विन २०८०

बिहीबार बिहान त्रिशुलीमा भएको जिप दुर्घटनामा परी हराइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै फेला परेकी छैनन् । जेनिसाको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले नदीमा डुबेको जिप निकाल्ने प्रयास भइरहेको जानकारी दिँदै बालिकालाई गाडीले च्या’पेको हुनसक्ने आशंका गर्नुभएको छ ।‘सशस्त्र प्रहरीको गोताखोर टोलीले बालिकाको खो’जी गरिरहेको छ ।
उनको अझै पत्ता लाग्न सकेको छैन’ डीएसपी थापाले भन्नुभयो, ‘नदीभित्र डु’बेको जिपले बालिकालाई च्यापेको छ कि भन्ने आशंका छ । जिप निकाल्ने प्रयास भइरहेको छ ।’सशस्त्र प्रहरीले यसअघि जिप चालक सूर्य केसी र जमुना रोकाको शब घटनास्थलबाट निकालेको थियो । उहाँहरुको श’व परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।अखिल नेपाल यु’वक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा ख’सेको हो ।

जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा जिसँगै जमुना र चालक केसीको श व फेला परेपनि बालिका हराइरहेकी छन् ।उपाध्यक्ष रोका नदीमा पौ’डेर बाहिर नि’स्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रोकाको अवस्था सामान्य छ ।उपाध्यक्ष रोका दम्पती छोरीको उपचारका लागि बुधबार राति प्युठानबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । त्यही क्रममा सो दु’र्घटना भएको हो ।


Last Updated on: April 23rd, 2021 at 11:53 am
५५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया