मंगलबार २३ जेठ २०८०

दुःखद खबर : नेपालमा पहिलपटक कोरोना संक्रमणबाट मन्त्री काे नि’धन !
July 5, 2021 19
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृ’त्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृ’त्यु भएको हो ।उच्च रक्तचाप र मधुमेहबाट पीडित उहाँ कोरोना

सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बि’ग्रँदै गएर नि’धन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

बीपी राजमार्गमा अवरूद्ध भएपछि बसभित्रै सुत्केरी भएकी आमा र बच्चालाई प्रहरीले उद्धार गरी धुलिखेल अस्पताल भर्ना गरेको छ । आज काभ्रेको जिल्ला रोशी गाउँपालिका वडा ११ माम्ती खोलामा बाढी पहिरो आए बीपी राजमार्ग सडक खण्ड अबरोध हुँदा सिन्धुलीबाट भाडाको बसमा धुलिखेलतर्फ आउँदै गरेको एक गर्भवती महिला बसभित्रै सुत्केरी हुनुभएको थियो ।

नवजात शिशु र आमालाई प्रहरीले उद्धार गरी धुलिखेल अस्पतालमा भर्ना गरेको डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार धुलिखेल अस्पतालमा ‘एकद्धार संकट व्यबस्थापन केन्द्र” द्धारा नि:शुल्क उपचारको व्यवस्था मिलाईएको छ ।

हाल आमा र शिशु दुबैको अवस्था सामान्य रहेको छ ।खोटाङ घर भएकी २१ बर्षिया आशा राईले लामो समय सडक अवरुद्ध हुँदा बसभित्रै बच्चा जन्माएको बताईएको छ ।


Last Updated on: July 5th, 2021 at 11:39 am
८४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया