मंगलबार २३ जेठ २०८०

छनौट भएर नियुक्ति पत्र लिन हिँडेका कर्मचारीको बा’टैमा मृ’त्यु
प्रकाशित मिति: सोमबार, आषाढ २१, २०७८ समय: ११:२८:२९
3
Shares
facebook sharing button 3messenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

बैतडी / बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृ’त फे’ला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृ’त फे’ला परेको इलाका प्र’हरी कार्यालय पाटनका प्रमुख, प्र’हरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो।

नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति पत्र बुझ्नका लागि जाँदै गरेका बेला अपराह्न ४ः३० बजे सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृ’त भे’टिएका हुन् ।

उहाँले भन्नुभयो, “नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दु’ख्यो भनेर ए’क्कासि ढ’लेको भन्ने बुझिएको छ ।” गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचा’नक पेट दु’ख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्का’सि ढ’लेको बताइएको छ ।

भट्टको मृ’त्युको कारण भने खुल्न सकेको छैन । श’व परीक्षण आज मात्रै गरिने इलाका प्र’हरी कार्यालय पाटन बैतडीले जनाएको छ । घट’नाको थप अनु’सन्धान भइरहेको प्र’हरीले बताएको छ ।


Last Updated on: July 5th, 2021 at 11:41 am
२९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया